सैनामैनामा स्वच्छ खानेपानीको अभाव
नबिन घिमिरे
सैनामैना, २६ असार ।
सैनामैना नगर पालिका वर्ड नं.८ कलौनीमा सञ्चालनमा रहेका चापाकलहरु एक पछि अर्का सुक्दै गएपछि यहाका बासिन्दाहरु स्वच्छ पानी खान बाट बन्चित भएका छन् ।
परयाप्त मात्रामा बर्षा नभएकोेहुदा कृर्षकले रोपाई गर्नेको लागि टयुवेल सञ्चालन गर्नथाले पछि सम्पूर्ण चापाकलहरु सुकदै गएको स्थानिय बिण्णु पाण्डेले बताए ।
बर्षा आयममा यस्तो समस्या प्रत्येक बर्ष भएपनि यस तर्फ कसैको चासो नभएको स्थानियको गुनासो छ । यस क्षेत्रमा खानेपानी सहज बनाउनको लागि ०६२ सालमा नेपाल सरकारको ८० प्रतिसत र जनताको २० प्रतिसत लगानिमा बोरिङ्ग गाडि ओभर हेड टंकी निर्माण गरि खानेपानी बिस्तार गर्ने सम्झौता भएको थियो भने ०६७ सालमा सो कार्य सम्पन्न गर्नको लागि देबि स्थान खानेपानी उपभोक्ता समिति गठन गरि सैनामैना नगरपालिका वार्ड नं ८, १० र ९ ईङ्गगुरिया नदि पश्चिमलाई लक्ष्क्षीत गरि बार्ड नं। १० मा बोरिङ्ग खन्ने काम सम्पन्न भए पनि बजेटको अभावले गर्दा ओभर हेड टंकीनिमार्ण हुन सकेको छैन ।
आर्थिक बर्ष ०७०÷०७१ मा सो खानेपानी योजनाको लागि २५ लाख रकम नेपाल सरकार बाट उपलब्ध भएपछि सो रकमले पम्पहाउस र पाइर्पलाईन बिस्तार गर्ने कार्य भइरहेको छ ।
बजेट अभावले गर्दा सो कार्य पनि सम्पन्न हुन नसक्ने उपभोक्ता समितिका सचिब कुल प्रसाद चापागाई ले बताउनु भएको छ । भर्खर मात्र दुधराक्ष गा।बि।स।र पर्रोहा गा।बि।स मिली सैनामैना नगरपालिका घोषणा भईरहदा दुधराक्ष गा।बि।स।को केन्द्रबिन्दु भनेर चिनिने कलौनी बजारमै खानेपानिको अभाव खड्किएको छ । स्थानियले कुनै पुर्वाधारहरु पुरा नभईकन हचुवाको भरमा नगरपालिका घोषणा हुदा नगरपालिका नाम मा मात्र सिमित भएको गुनासो गरेका छन ।

0 comments
तपाईंको प्रतिकृया