अधिकार कुण्ठित गरेको सरकारसंग मन्त्री पण्डितको गुनासो
काठमाडौ, २४ असार । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले आफ्नो अधिकारलाई कुण्ठित गरेको गुनासो गरेका छन । मन्त्री परिषदले अष्ट्रेलियाका पीआरधारी सहसचिव भरतराज सुवेदीलाई अर्थमन्त्रालयमा सरुवा गरेको भन्दै यसको लागि संविधान, ऐन र मन्त्रीपरिषद् कार्यसम्पादन नियमको आधारमा संवैधानिक उपचार खोज्न चेतावनी दिएका छन् ।
उनले सम्बन्धित मन्त्रीको प्रस्तावमा यस्तो निर्णय हुने व्यवस्था रहेको स्पष्ट पार्दै आफू अनुपस्थित यस्तो निर्णय भएकाले त्यो वैधानिक नभएको बताए ।
उनले सुवेदीको सरुवा सामान्य प्रशासनले प्रस्ताव लैजानु पर्नेमा अर्थमन्त्री डा रामशरण महतबाट प्रस्ताव गएको जानकारी पाएको भन्दै यसको सम्पूर्ण जिम्मेवारी प्रस्ताव लैजाने मन्त्री र मन्त्री परिषद्को अध्यक्षता गरेका कार्यवाहक प्रधानमन्त्री वामदेव गौतमले लिनु पर्ने बताए । आफू महाधिवेशनको बन्द सत्रमा व्यस्त रहेको बेला झुक्याएर यस्तो निर्णय गरेको भन्दै त्यो मान्य नहुने दोहोर्याए ।
पण्डितले आगामी आर्थिक वर्षको बजेटमा राष्ट्र सेवक कर्मचारीहरुको तलब बढाउने प्रस्ताव सम्बन्धित मन्त्रालयबाट आए त्यसलाई अनुमोदन गरेर पठाउने स्पष्ट पार्दै राष्ट्रसेवक कर्मचारीहरुको तलब वृद्धि आवश्यक रहेकोमा पनि जोड दिए ।


0 comments
तपाईंको प्रतिकृया