राजनीतिक प्रतिवेदन पारित
काठमाडौँ, २४ असार । एमालेको जारी नवौं महाविधेशनमा तत्कालिन अध्यक्ष झलनाथ खनालको राजनीतिक प्रतिवेदन पारित भएको छ । भृकसटीमण्डपमा जारी एमालेको नवौ महाधिवेहनका बन्दसत्रले प्रतिवेदन सुझाव सहित पारित गरेको हो ।
राजनीतिक प्रतिवेदन माथि १९ वटा समुहमा दुईदिनसम्म भएको छलफलमा प्रतिनिधिहरुबाट आएका सुझावलाई सम्बोधन गर्ने तत्कालिन अध्यक्ष खनालको प्रतिबद्धतापछि प्रतिवेदन पारित भएको हो । बन्दसत्रले राजनीतिक प्रतिवेदन सुझाव सहित पारित गरेको हो ।
खनालले पार्टीमा गुटबन्दी हावी भएको बताएका छन् । बन्दसत्रलाई सम्बोधन गर्दै खनालले अस्वस्थ प्रतिश्पर्धामा उत्रिन नेताहरुलाई सुझाव समेत दिएका छन् ।
महाविधेशनबाट नेतृत्व चयन गर्ने जिम्मा महाधिवेशन प्रतिनिधिलाई दिएको उल्लेख गर्दै गरे । अध्यक्षको प्रतिवेदन पारितभएसँगै सांगठनिक प्रतिवेदनलागयतका सबै प्रतिवेदन पारित भएका छन् ।प्रतिवेदन पारित भएसँगै अध्यक्षका प्रत्यासीद्वय माधव नेपाल र केपी ओलीले आ–आफ्नो गुटको भेला गरेका छन् ।
ओली पक्षले राजधानीको प्रज्ञा प्रतिष्ठानमा कार्यकर्ता भेला गरेको छ भने नेपाल पक्षले पनि छुट्टै भेला गरेको छ । बुधवारबाट चुनावी प्रक्रिया सुरु हुनेभएकाले आफ्नो पक्षमा प्रतिनिधिहरु पार्न सबैपक्ष लागिपरेको छ ।


0 comments
तपाईंको प्रतिकृया