Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
ऐतिहासिक वल्कोट पौवाको संरक्षण पहल

चार वर्षपछि बन्यो समिति
बुटवल १८ असार । अर्घाखा“चीको वल्कोट गाविसमा रहेको ऐतिहासिक पौवा संरक्षणका लागि पहल थालिएको छ । पौवा संरक्षणका लागि गुरुयोजना सहित काम गर्ने गरी पहल थालिएको हो । गुरुयोजना पुरा गर्न आवश्यक रकम जुटाउन ०६६ सालमा महायज्ञ गरी रकम समेत संकलन गरिएको थियो ।
परशुरामेश्वर गुठी संरक्षण सम्वंद्धन समिति मार्फत काम गर्ने गरि संरक्षणको पहल थालिएको छ । ०६६ साल फागुनमा सम्पन्न महायज्ञबाट १ करोड २० लाख रुपैया“ संकलन भएको थियो । सो रकममा थप रकम जुटाएर पौवाको गुरुयोजना पुरा गर्ने लक्ष्य लिइएको छ ।
पौवाको संरक्षण गर्ने मुख्य जिम्वेवारी वल्कोट, केरुङगा तथा चिदिका गाविसको हो । यी तीन वटा गाविसका वासिन्दाहरु मिलि समिति गठन गर्ने प्रचलन विगतमा रहेपनि पछिल्लो पटक राजनीतिक खिचातानीले गर्दा त्यो संभव नभएपछि वल्कोट भन्दा टाढाको गाविस मैदान निवासी लेखवहादुर टण्डनलाई अध्यक्ष वनाएर काम अगाडी बढाइएको छ । स्थानिय युवा तुल्सीराम वेल्वासे पद वाडफाडमा दलहरुवीच विवाद भएपछि मैदानका वासिन्दा अध्यक्ष वनेको बताउछन । वल्कोट अर्घाखा“चीको क्षेत्र नम्वर एकमा पर्दछ भने मैदान क्षेत्र नम्वर दुईमा पर्दछ । टण्डनहरुका पुर्खाले वनाएको पौवा भएकाले यसको संरक्षणका लागि अवसर पाएकोमा उनी खुशी छन । अर्घाखा“चीको वल्कोट गाविसमा रहेको ऐतिहासिक पौवा संरक्षणका लागि स्थानिय नै उदासिन वनेपछि पौवाका लागि संकलन रकम समेत वेवारिसे जस्तै वनेको थियो । जसका कारण पौवा संरक्षणका लागि गुरुयोजना सहित काम गर्ने गरी आवश्यक रकम जुटाउन ०६६ सालमा महायज्ञ गरी संकलन गरिएको करोड रुपैया अझैसम्म दानमा सिमित वनेको छ । अध्यक्ष यी तीन गाविसका मध्येबाटै बन्नुपर्ने हो, तर स्थानिय वीचको विवादले संभव नभएपछि मलाई अध्यक्ष वनाइएको हो , टण्डनले भने । ०६६ सालमा भएको महायज्ञबाट १ करोड २० लाख दान संकलन भएको हो तर समिति नवन्दा सो रकम मध्ये अझै ८१ लाख रुपैया उठन वा“की रहेको उनले बताए । विस १८७५ देखि निर्माण थालि १९०६ सालमा निर्माण सम्पन्न भएका यहा“का संरचना ऐतिहासिक हिसावले निकै महत्वपूण रहेका छन । कमाण्डिङ कर्नेल सनकसिंह टण्डनले आफ्ना वुवा कप्तान परसुरामेश्वरका नाममा यहा“का संरचना निर्माण गरेको अभिलेखहरुबाट पाइन्छ । यहा“ ठूलो पौवा, पुजारी घर, शिवालय, भैरव र नाक कन्याहरुका मूर्ति सहित विभिन्न संरचनाहरु रहेका छन । यहा“का संरचनाहरु निकै कलात्मक भएका कारण यहा“ जाने जो सुकैको पनि ध्यान खिच्ने गर्दछ । पर्यटकहरुको आर्कषणको केन्द्रविन्दुमा रहने यस स्थानका संरचनाहरुको संरक्षण गरी पर्यटन विकास गर्न ०६४।०६५ सालमा नै विशेष गुरुयोजना वनाइएको थियो । यस गुरुयोजनामा पौने २ करोडको लागतमा पुरानोलाई झल्को दिने गरी नया“ विशेष खालको ठूलो पौवा वनाउने योजना अगाडी सारिएको छ । महायज्ञबाट संकलित रकम तथा सरकारी निकायबाट थप वजेट माग गरी काम अगाडी बढाउने सोचमा रहेको हालै गठित समितिका अध्यक्ष लेखबहादुर टण्डन बताउछन । ४ वर्षसम्म समिति नवनेपछि महायज्ञमा उठेको रकम कसले संरक्षण गर्ने भन्ने टुंगो नभएका कारण उठ्न नसकेको रकम उठाउन अव लागि पर्ने उनी बताउछ । हाल पौवाका संरचनाहरु निकै जीर्ण वन्दै गएको अवस्थामा केही मर्मतका काम भइरहेका छन । यस स्थानमा २० रोपनी जग्गा रहेकोमा केही जग्गा अस्पतालका लागि प्रयोग भएको छ । अस्पतालको आधुनिक भवन वन्दै गरेको जग्गा अस्पताललाई नै हस्तान्तरण गरिने स्थानियहरुको भनाइ छ । भत्किन लागेका संरचनाको जिर्णेद्धार तथा संरक्षणका लागि तत्काल ५० लाख बजेट प्राप्त भएमा कामले गति लिने विश्वास टण्डनको छ । हाल विभिन्न निकायबाट प्राप्त वजेटबाट सामान्य खालका मर्मत संभारका काम भइरहेका छन ।
यस स्थानमा तत्काल पिउने पानीको पनि ब्यवस्था गनुपर्ने खा“चो रहेको छ । जसका लागि यहा“ १० घनमिटरको टंयाकी वनाउनुपर्ने आवश्यकता रहेको उनले बताए । अर्घाखा“चीको एकीकृत रुपमा पर्यटनको विकास गर्नुपर्नेमा जोड दिने टण्डन जिल्लाको पर्यटन विकासका लागि सरकारी स्तरबाट बजेट विनियोजन हुनुपर्ने माग गर्छन । निर्माण ब्यवसायी नारायण भुसाल पौवा सहित यहा“का संरचनाहरुको उचित संरक्षण गरी थप संरचना निर्माण गरेमा अर्घाखा“चीको पर्यटन विकासमा टेवा पुग्ने बताउछन । अर्घाखा“चीमा रहेका पर्यटकीय स्थलहरुको एकीकृत विकास गरी लुम्विनीका वुद्ध जन्म स्थल तथा वुद्धस“ग सम्वन्धित स्थलसहित महत्वपूर्ण पर्यटकीय स्थलहरुस“ग यस स्थानलाई जोड्न सके मुलुककै पर्यटन विकासमा योगदान पुग्ने उनको ठहर छ । स्थानिय युवा तुल्सीराम वेल्वासे पर्यटन विकासले स्थानिय रुपमा समेत आर्थिक गतिविधिमा सकरात्मक प्रभाव पार्ने हु“दा सबै लागि पनुपर्नेमा जोड दिन्छन । तत्कालका लागि पौवा वरिपरिको क्षेत्रमा तारवार गरी पुराना संरचनालाई जिर्णेद्धार गर्नुपर्ने आवश्यकता रहेको अध्यक्ष टण्डन बताउछन । उनले एकीकृत रुपमा पर्यटन विकासका लागि अर्घाखा“चीका सबै पर्यटक स्थलहरुको संरक्षण गरी विकासमा जुट्नुपर्नेमा जोड दिन्छन ।

0 comments

तपाईंको प्रतिकृया