बौद्ध सर्किटबाट नेपाल भारत सम्बन्ध सुदृढ
कमल रायमाझी
भैरहवा , साउन ३ । नेपालकालागी भारतीय राजदुत रन्जित रे ले प्राचिन कालदेखी रहदै आएको नेपाल भारतको मैत्रीपुर्ण सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन ।
नेपाल भारत अबध मैत्री समाजद्वारा शनिवार भैरहवामा आयोजित नेपाल भारत मैत्री सम्बन्ध विषयक विचार गोष्ठि एवं अवधी लोक सास्कृर्तिक कार्यक्रममा मन्तब्य राख्दै राजदुत रे ले नेपाल भारतको बौद्ध क्षेत्रलाई जोडेर अन्तरराष्ट्रिय बौद्ध सर्किट बनाउनुपर्ने बताए ।
उहाले नेपालको बुद्ध जन्मस्थल लुम्बिनी र भारतको सारनाथ, कुसीनगर र बोधगया लगायतलाई जोडेर बौद्ध सर्किट बनाए दुबै देशमा पर्यटन विकास भई जनताको जीवनस्तर पनि उकासिने बताए ।
राजदुत रे ले नेपाल भारत सीमा क्षेत्र बेलहिया सुनौलीमा फोहर मैला बढेको, ढल निकासको व्यवस्था नभएको तथा ट्राफिक जामले सीमावारपार गर्नेलाई सास्ती दिएको जनाउदै त्यसको व्यवस्थापन गर्न दुबै देशले प्रयास गर्नुपर्नेमा जोड दिए । दुबै देशका सुरक्षाकर्मी आबद्ध एकिकृत चेकपोस्ट समेत सीमा क्षेत्रमा राख्नुपर्ने बताए ।
कार्यक्रममा भारतिय उत्तर प्रदेश विधानसभाका अध्यक्ष माताप्रसाद पाण्डेले भारतको उत्तरप्रदेशसंग सीमा जोडिएको नेपालको सीमा क्षेत्रका सबै समस्या निराकरणकोलागी आफुले तत्काल प्रयास गर्ने जनाए ।
समाजका सल्लाहकार तथा तराइ मधेश लोकतान्त्रिक पार्टिका महामन्त्रि एवं संविधानसभाका सभासद सर्वेन्द्रनाथ शुक्लाले नेपाल भारत खुल्ला सीमाबाट अधिकत्तम फाइदा लिनुपर्ने विचार राख्दै कदापी बोर्डर सिंलींग गर्न नहुने कुरा व्यक्त गरे ।
कायैक्रममा सहभागी एमाले नेतृ तथा पुर्ब सभासद सपना प्रधान मल्लले नेपाल भारतको सम्बन्ध लोग्ने स्वास्नीको जस्तो भएको बताइ्न् ।
नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काले नेपाललाई हिन्दुराष्ट्र बनाउनुपर्नेमा जोड दिदैं यो अभियानमा भारतको सहयोग आवश्यक रहेको बताए ।
समाज २०७१ सालमा स्थापीत भई नेपाल भारतको सम्बन्ध सुदृढकोलागी क्रियासील रहेको छ । नेपाल भारतको सम्बन्ध विस्तारकोलागी अन्य संघ तथा संगठन भएता पनि सबै काठमाण्डौं केन्द्रित भइरहेको अवस्थामा समाज चाहिं तल्लो तथा स्थानिय स्तरमा दुबै देशका अधिकारी तथा नागरिकबीच सम्बन्ध सुदृढ बनाउन क्रियासील भएको समाजका अध्यक्ष इश्रदयाल मिश्रले जनाए ।

0 comments
तपाईंको प्रतिकृया