Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
शुल्क वृद्धिविरुद्ध विद्यार्थी आन्दोलित

चितवन , २४ असार (रासस)  । चितवनका निजी विद्यालयमा शुल्क वृद्धि गरिएको विरोधमा विद्यार्थी आन्दोलित भएका छन् । नेपाल विद्यार्थी सङ्घ चितवनले प्याब्सन जिल्ला कार्यालयमा तालाबन्दी गरेको छ ।
बढाएको शुल्क वृद्धि फिर्ताको माग गर्दै तालाबन्दी गरिएको नेविसङ्घ चितवनका पूर्व सचिव परमेश्वर खनालले जानकारी दिए । उनका अनुसार आजदेखि कुन कुन विद्यालयमा कति कति शुल्क बढाइएको छ भनेर विद्यार्थीद्वारा अनुगमन थालिएको छ ।
विभिन्न पाँच निर्वाचन क्षेत्रमा टोली नै बनाएर अनुगमन थालिएको खनालले बताए । प्रारम्भिक चरणमा विद्यालयले १२ देखि २८ प्रतिशतसम्म शुल्क वृद्धि गरेको बताइन्छ ।
दुई माओवादीको विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीले समेत छुट्टाछुट्टै रुपमा आन्दोलन थालेका छन् ।
नेकपा–माओवादी निकट अखिल क्रान्तिकारीले विभिन्न विद्यालयमा र एमाओवादीको अखिल क्रान्तिकारीले विद्यालयको लेखा शाखामा तालाबन्दी गरेको जनाएको छ ।
माग पूरा नभए कडा आन्दोलन गर्ने विद्यार्थीले बताएका छन् । अनेरास्ववियुले पनि शुल्क वृद्धिप्रति विरोध जनाएको छ । पार्टीको महाधिवेशनपछि चरणबद्धरुपमा आन्दोलन गर्ने अध्यक्ष केशव कँडेलले जानकारी दिए । नेविसङ्घ र प्याब्सनबीच भएको दुई चरणको वार्तासमेत असफल भएको नेविसङ्घका पूर्व सचिव परमेश्वर खनालले जानकारी दिए । जिल्लामा ५५० वटाभन्दा बढी विद्यालय रहेका छन् । 

0 comments

तपाईंको प्रतिकृया