विभेद अत्यको लागी संविधान : यादव
बुटवल । मधेशी जनधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सवैखाले विभेद अत्यको लागी नया संविधान अपरिहार्य भएको बताएका छन ।
उनले आगामी संबिधानले सबै किसिमका बिभेदहरु अन्त्य गर्ने बिश्वास ब्यक्त गर्दै उनले सबै धर्म, सवै समुदाय, जातजाती, भाषा भाषी, क्षेत्र, बर्ग, लिङ्गको अधिकार सम्बोधन सहितको संबिधान निर्माण गर्नुको बिकल्प नरहेको बताए । विहिवार वुटवलमा अयोजित मधेशी जनधिकार फोरम रुपन्देही क्षेत्र नम्बर ४ को स्तरिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने– संविधानवाटै हामी अधिकार स्थापित गर्न चाहन्छौ त्यसैले संविधान वनाउनु हपिरहार्य छ ।’
अध्यक्ष यादवले बिगतमा मधेशी समुदाय शासक बर्गबाट उपेक्षित र अपहेलित बताए । संबिधानमा आफ्नो पहिचान र हक अधिकार स्थापित गर्न दवाव श्रृजना गर्नु पर्ने वताए । उनले भने– मधेशी जनताको हकहित संरक्षण र अधिकार स्थापित गर्न सबै मधेशी समुदाय एकजुट भएर अघि वढ्नु पर्छ ।’ मधेशी जनाधिकार फोरम नेपाल रुपन्देही क्षेत्र नम्बर ४ का अध्यक्ष अशोककुमार बर्माको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रmम उक्त पार्टीका केन्द्रिय सदस्य ओसामादिन खाँ, जिल्ला अध्यक्ष महेन्द्र यादव, क्षेत्रिय सचिव रामप्रसाद पाण्डे लगाएतले मधेश आन्दोलनको उपलव्धीलाई रक्षा गर्न नया संविधान आवश्यक भएको बताएका थिए ।


0 comments
तपाईंको प्रतिकृया