बस पल्टीदा ३ जनाको मृत्यु
गोरखा । गोरखाको आरुघाट देखि गोरखा सदरमुकामा आउँदै गरेको ना.४.ख १३९५ नम्बरको बस भर्खरै खान्चोकमा दुर्घटना ग्रस्त भएको छ ।
दुर्घटनामा आरुघाटका ६ वर्षका योजना श्रेष्ठ, तामाङ ३ का झरना सुर्खेती र गुम्दा ९ का सरिता गुरुङको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा १७ जना गम्भिर घाइते भएका छन् भने ९ जना सामान्य घाइते छन्। बस सडकबाट गरिब २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । कच्चि बाटो र सडक हिलो भएकोले उद्दारमा कठिनाई भएको छ। दुर्घटनामा तीज मनाएर फर्कदै गरेका महिला परेका छन्।

0 comments
तपाईंको प्रतिकृया