Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
‘नागरिक समाजको दबाबबिना संविधान बन्दैन’

एमाओवादी नेता डा. भट्टराई बुटवल आउदै
ओम पगेनी
बुटवल। तोकिएको समयमा अग्रगामी संविधान निर्माणको लागि नागरिक समाजको दबाब जरुरी रहेकोमा बुद्धिजीवी, राजनीतिशास्त्री तथा नागरिक समाजका अगुवाहरुले जोड दिएका छन् ।
समाजवादी अध्ययन तथा सम्वाद केन्द्रद्वारा बुटवलमा शुक्रबारदेखि शुरु भएको दुई दिने बृहत् अन्तर सम्वाद कार्यक्रममा बोल्दै सहभागीहरुले यस्तो धारणा राखेका हुन् ।
कार्यक्रमको पहिलो दिन ‘संविधान निर्माणमा देखापर्ने समस्या र बाह्य प्रभाव’ बारेमा कार्यपत्र प्रस्तुत गर्दै पूर्व महान्यायाधिवक्ता मुक्ति प्रधानले संविधान निर्माणका लागि मुख्य बु“दाहरुमा दलहरुबीच सहमति आवश्यक रहेकोमा जोड दिनुभयो । तर दलहरुले अग्रगामी विषयमा मात्र सहमति गर्न सक्ने, प्रतिक्रान्तिका लागि सहमति गर्न नसक्ने प्रधानको भनाइ छ ।
नया“ संविधान निर्माणका लागि पहिचानसहितको संघीयता, राज्य पुनर्संरचना, शासकीय स्वरुप, धर्मनिरपेक्षता र समानुपातिक निर्वाचन प्रणाली नै मुख्य समस्या रहेको भन्दै प्रधानले अघिल्लो संविधानसभाले किन संविधान बनाउन सकेन, त्यसतर्फ विश्लेषण हुनु जरुरी रहेको बताउनुभयो ।
जात र जातिको अर्थ फरक रहेको भन्दै प्रधानले कुनै जातको नाममा मात्र राज्य बनाउने नभई जातीयता (नेशन र नेशनालिटी) को आधारमा राज्य बनाउनुपर्ने धारणा व्यक्त गरे । त्यसैगरी ‘संविधान निर्माण र शासकीय स्वरूप’ शीर्षकमा कार्यपत्र प्रस्तुत गर्दै प्रोफेसर कृष्ण पोख्रेलले पुरानो खालको संसदीय प्रणालीले अब नेपालीको समस्या समाधान गर्न नसक्ने दाबी गरे ।
अहिले लोकतन्त्र र संसदीय व्यवस्थालाई पर्यायबाचीको रुपमा व्याख्या गर्ने गरिएको भन्दै पोख्रेलले बृहत जनताको निगरानीमा रहने प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हु“दा नै स्थायी सरकार बन्न सक्ने बताए । 
वर्तमान अन्तरिम संविधानले उपराष्ट्रपतिको व्यवस्था गरे पनि पद दिने तर अधिकार नदिने प्रावधानले उपराष्ट्रपति भूमिकाविहीन भएको भन्दै उहा“ले मन्त्रीहरु छान्दा पनि विधायिका बाहिरबाट छान्न उपयुक्त हुने धारणा राखे ।   ‘नेपाली समाजको रूपान्तरणबारे’ मा प्रोफेसर गणेश क्षेत्रीको कार्यपत्र अस्वस्थताका कारण उहा“ उपस्थित हुन नसकेपछि डा. शिव भुसालले पढेर सुनाएका थिए । 
शुक्रबार प्रस्तुत कार्यपत्रमाथि डा. बुद्धबहादुर थापा, डा. सूर्य जी.सी. र सहायक प्राध्यापक ऋषि भूसालले समीक्षा गरेका थिए ।
अन्तरसम्वाद कार्यक्रमको उद्घाटन २००६ सालदेखि लुम्बिनी अञ्चलमा वाम आन्दोलनमा सरिक हु“दै आएका चन्द्रमान शाक्य र प्रजातान्त्रिक आन्दोलनका स्वतन्त्रता सेनानी रामप्रसाद खनालले संयुक्त रुपमा गरेका थिए ।
केन्द्रका संयोजक अर्जुन ज्ञवालीको अध्यक्षतामा, सदस्य लिलावल्लभ ढकालको स्वागत मन्तव्य र सचिव लिलाधर मरासिनीको सञ्चालन रहेको कार्यक्रममा अधिवक्ता यमलाल खनाल, विश्लेषक ऋषि आजाद, गणेश उचै लगायतले टिप्पणी गरेका थिए ।
अन्तरसंवादकै सिलसिलामा शनिबार एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले नेपाली राजनीति र नया“ शक्तिको औचित्यबारे धारणा राख्ने कार्यक्रम रहेको केन्द्रले जनाएको छ । त्यसैगरी ‘संक्रमणकालीन पू“जीवाद र माक्र्सवाद’ विषयमा राजनीतिक विश्लेषक श्याम श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको केन्द्रका संयोजक  ज्ञवालीले जानकारी दिए । शनिबार प्रस्तुत कार्यपत्रमाथि डा. माधव पन्थी र डा. शिव भुसालले समीक्षा गर्ने कार्यक्रम रहेको केन्द्रका सचिव मरासिनीले जानकारी दिए । 

0 comments

तपाईंको प्रतिकृया