Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
विभिन्न कार्यक्रम गरी जेसिज सप्ताह मनाईने

बुटवल । वुटवल जेसिजले  साउन १८ गतेदेखी जेसिस सप्ताह मनाउने भएको छ । विगतको वर्षमा जस्तै जेसिजले सप्ताहव्यापी कार्यक्रम गरी जेसिज सप्ताह मनाउन लागेको जनाएको हो  ।
शुक्रवार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दिनेश श्रेष्ठले सप्ताहव्यापी विभिन्न कार्यक्रम गरी जेसिज सप्ताह मनाउन लागेको जानकारी दिए । ‘सामाजिक उत्थान जेसिजको अभियान’ भन्ने मुल नाराको साथ आयोजित विशेष जेसिज सप्ताह  साउन २४ गते समापन गरिने छ । पुर्व विधायक तथा वुटवल जेसिजका मानार्थ सदस्य सुर्य प्रसाद प्रधानले सप्ताहको उद्घाटन गर्ने कार्यक्रम रहेको मुल संयोजक फर्सुराम भट्टराईले जानकारी दिए ।
 सामाजिक सेवामा कृयाशिल जेसिजले समुदायमा आधारित कार्यक्रम गरी सप्ताह मनाउन लागेको  वाल स्वास्थ्य चेतनामुलक कार्यक्रमका संयोजक तथा सह कोषध्यक्ष जनक दमासेले बताए ।  उद्घाटन कै दिन देखी ७ दिन सम्म  गुडिया वनाउने तालिम संचालन गरिने,  १९ गते जेसिज पुर्व परिचयात्मक प्रशिक्षण कार्यक्रम , २० गते अगस्ट वल कार्यक्रम पुर्व अध्यषहरुको सम्मान गरीने वुटवल जेसिजले जनाएको छ । त्यसै गरी सप्ताह अन्तर्गत २१ गते क्यानसर सम्वन्धी जनचेतना मुलक कार्यक्रम गर्ने, २२ गते युवा दुव्र्यशनी प्रभाव र वचावट विष्यक उमावि स्तरीय वक्तृत्वकला प्रतियोगिता, २३ गते वुटवल १५ स्थित जितेश्वरी निमावीमा वाल स्वास्थ्य चेतनामुलक कार्यक्रम गर्ने  र २४ गते सम्मान तथा प्रमाणपत्र वितरण कार्यक्रम सहित समापन गर्ने कार्यक्रम तय भएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।  पुर्व अध्यक्ष विमलराज भट्टराईले समापनको अवसरमा सामुदायिक विद्यालय तर्फ एसएलसिमा उत्कृष्ट अंक ल्याउने जिल्ला दुई छात्रछात्रालाई सम्मान तथा पुरस्कृत गर्ने कार्यक्रम पनि रहेको जाकारी दिए ।

0 comments

तपाईंको प्रतिकृया