Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
स्व. देवबहादुर पाटामगर उत्कृष्ट पत्रकारिता पुरस्कार चौधरीलाई

 बुटवल । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रुपन्देहीले संघको १६ औं स्थापना दिवसको अवसरमा पत्रकार हिक्मत चौधरीलाई उत्कृष्ट पत्रकारिता पुरस्कारबाट सम्मान गर्ने भएको छ ।
फोनिज रुपन्देहीले रुपन्देहीका संस्थापक अध्यक्ष स्व. देवबहादुर पाटामगरको सम्झनामा रुपन्देहीमा क्रियाशिल एक जना आदिवासी जनजाति पत्रकारलाई पत्रकार स्व. देवबहादुर पाटामगर उत्कृष्ट पत्रकारीता पुरस्कार प्रदान गर्दै आएको छ ।
उक्त पुरस्कारको राशी पाँच हजार नगद र प्रमाण पत्र रहेको छ । फोजिनले यस वर्षको पुरस्कार रेडियो लुम्बिनीमा कार्यरत पत्रकार चौधरीलाई प्रदान गर्ने जनाएको छ । उत्कृष्ट पत्रकार छनोट समितिले पठाएको सिफारिसलाई अनुमोदन गरिएको अध्यक्ष मिलन गाहाले जानकारी दिए ।
महासंघले श्रावण २७ गते जिल्लामा क्रियाशिल पत्रकार संघ, संचालित मिडियाका सम्पादक, एकलजातिय संगठन, आदिवासी जनजाति अगुवा लगायतको उपस्थितिमा ”आदिवासी जनजातिका मुद्धा र मिडियाको भूमिका” विषयक अन्तरक्रिया गर्ने जनाईएको छ ।

0 comments

तपाईंको प्रतिकृया