दूषित पानीले २० भन्दा बढी बिरामी
पाल्पा । दूषित पानी प्रयोगका कारण सिद्देश्वर गाविस ४ र ५ का कतिपय स्थानीयवासी झाडाबान्ताले बिरामी परेका छन् ।
जनस्वास्थ्य कार्यालय पाल्पाले झाडाबान्ताबाट बिरामी हुनेको सङ्ख्या २० जना पुगेको जनाएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय तानसेन र इलाका हेल्थपोस्ट छहराबाट डाक्टरसहित स्वास्थ्यकर्मीको टोली अहिले झाडापखाला प्रभावित क्षेत्रमा उपचारका लागि खटिएको उनले जानकारी गराए । जिल्ला सदरमुकाम तानसेनदेखि झाडाबान्ता प्रभावित क्षेत्र झन्डै ४० किलोमिटर पश्चिममा पर्दछ । मङ्गलबारदेखि सिद्देश्वर गाविसका स्थानीयवासीमा एक्कासि पखाला र बान्ता सुरु भएको स्थानीयले बताएका छन् ।

0 comments
तपाईंको प्रतिकृया