अधिकार सुनिश्चित नभए आन्दोलन: लेखी
बुटवल। आदिवासी जनजाति महासंघका निर्वतमान अध्यक्ष राजकुमार लेखीले पहिचान सहितको संघियताको लागि आदिवासी जनजातिले सडक संर्घष गर्न आवश्यक रहेको बताएका छन ।
अव वन्ने संविधानमा आदिवासी जनजातिको अधिकार सुनिश्चित नभए राजनितिक दल नेताहरु काशी र बनारस गए हुने चेतावनी दिदै उनले संघियता र पहिचान सहितको संविधान नआए आफूहरुलाई स्वीकार्य नहुने बताए ।
२० औं आदिवासी जनजाति दिवसको अवसरमा बुटवलमा आयोजित कार्यक्रममा उनले भने– आदिवासी जनजातिको अधिकार सुनिश्चित हुने संविधानको लागी संविधान सभालाई खबरदारी गर्नु पर्छ ।’
लेखीले जनजाति आन्दोलन कुनै जाति विशेषको आन्दोलन नभई सबै जातजाति ,वर्ग समुदायका रहेकाले अन्य समुदायले कुनै पनि आपत्ति नलिन आग्रह गरे । आदिवासी जनजातिको आन्दोलन कुनै जातिको विरुद्ध नभई समान हक अधिकारको मुल धारको नया बन्ने संविधानमा सुनिश्तिताको निम्ति भएको उनको भनाई छ ।
महिला अधिकारकर्मी बुद्ध श्री लामाले हक ,अधिकार, पहिचान अधिकारका लागि सबै पहिचान विरोधी पार्टीहरु एकबद्ध भएर लाग्नु पर्ने कुरामा जोड दिए । त्यसै गरी आदिवासी जनजाति महासंघ जिल्ला समन्यव परिषद्का अध्यक्ष सन्तराम थारुले आदिवासी जनजातिको माग अव बन्ने संविधान सभामा सुनिश्चित गारउन आन्दोलन स्वरुप यो दिवस मनाएको बताए । सो अवसरमा समाजसेवी माया गर्वुजा मगर र पत्रकार हिक्मत चौधरीलाई सम्मान गरिएको थियो ।
यस अघि आदिवासी जनजाति सम्बद्ध सवै संघसंस्थाहरुको उपस्थितीमा सास्कृति झाकीको ¥याली निकालिएको थियो । बुटवलको पुष्पलाल पार्कबाट बाजागाजा सहित मौलीक पोशाकमा निकालिएको ¥याली सिद्धेश्वर उच्च माविको प्राङगणमा सभामा परिणत भएको थियो । कार्यक्रममा आदिवासी जनजातिको मौलिक पोशाक र संस्कृति झल्किने नृत्य प्रर्दशन गरिएको थियो ।

0 comments
तपाईंको प्रतिकृया