जीतगढीमा मनाईयो विजयी दिवश
बुटवल । नेपाल– अंग्रेज युद्धमा नेपाली फौजले विजयी हासिल गरेको सन्दर्भलाई जोडेर पाल्पाको तानसेनमा विजय उत्सव मनाईरहदा बुटवलको जितगढी किल्ला सधै सुनसान हुन्थ्यो । कुनै कार्यक्रम पनि हुदैनथे । खुसिको कुरा यो वर्षदेखी सरकारी स्तरवाटै ऐतिहासिक किल्ला जितगढीमा विजय दिवश मनाउन थालिएको छ ।
विजयी उत्सवको रुपमा पाल्पाको तानसेनमा १ सय ९५ वर्ष अघि देखी विजयी उत्सवको रुपमा भगवती जात्रा मनाईदै आएको भएपनि अहिले देखी जितगढी किल्लामा विजयी दिवश मनाउन लागिएको हो ।
वुटवल ३ स्थित नेपाली फौजले अंग्रेज फौजलाई पराजित गरेका एतिहासिक स्थल जितगढीमा बुटवल नगरपालिकाको आयोजना सेनाको २२ नै वाहिनीका प्रमुख सेनानी पुरुषोत्तम विक्रम केसीको प्रमुख आतिथ्यतामा यहा“का विभिन्न राजनितीक दल विभिन्न संघ संस्थाका प्रतिनिधी स्थानियबासीको सहभागितामा सोमवार एक औपचारिक कार्यक्रम गरी विजयी दिवस मनाईएको हो ।
कर्नेल उजिरसिंहको तस्वीरमा माल्यार्पण गरी शुरु गरिएकोे विजयी दिवशलाई पाल्पामा निकालिने भगवती रथ यात्राको दिन प्रत्यक वर्ष मनाउने वुटवल नगरपालिकाले प्रतिवद्धता जनाएको छ । एतिहासिक स्थल जितगढीको प्रचार प्रसार गर्ने र यसको महत्वलाई जनस्तर सम्म पुराउन बुटवल नगरपालिकाका नगर परिषदले नै विजयी दिवश मनाउने निर्णय गरेको हो । नगरपरिषदको निर्णय अनुसार ऐतिहासक स्थल जितगढी मै कार्यक्रम गरिएको वुटवल नगरपालिका सामाजिक शाखा अधिकृत दामोदर ज्ञवालीले जानकारी दिए । नेपाली फौजले वहादुरीका साथ विजयी हासिल गरेको ऐतिहासिक स्थल जितगढीमा विजय दिवश मनाएकोमा स्थानियवासीले खुसी व्यक्त गरेका छन । ‘हामी निकै खुसी छौ ।’ जितगढीको संरक्षण तथा प्रवद्र्धनमा लागेका स्थानिय रविन्द्र गोपाल लाकौलले भने–‘ ढिलै भएपनि कार्यक्रम गरी नेपाली फौजको जितको स्मरण गरिएको छ ।’ वटौली संरक्षण तथा प्रवद्र्धन समितीका अध्यक्ष समेत रहेका लाकौलले जितगढी क्षेत्रलाई पर्यटकिय क्षेत्रको रुपमा घोषणा गरी विदेशी पर्यटकलाई आकर्षण गर्न सकिने बताए । जितगढी किल्लाको संरक्षण प्रद्र्धन र प्रचार प्रसारको लागी गुरुयोजना वनाएर अगाडी वढ्नु पर्ने यहाका राजनितीक दल तथा सामाजिक संघसंस्थाहरुको प्रतिनधीहरुको सुझाव छ ।
एतिहासिक क्षेत्र जितगढीको बारेमा जानकार राख्ने वुटवल नगरपालिकाका पुर्व उपमेयर विमल वहादुर शाक्यले ५ किल्लामा अंग्रेज र नेपाली फौजविच लडाई भएको र नेपाली फौजले विजय हासिल गरेको एक मात्र किल्ला जितगढी भएको इतिहासमा उल्लेख भएको बताए । उनी भन्छन–यो किल्लामा उजिरसिंहको रणकौसल र शाहसले नेपाली फौज विजय भएको हो । यसको महत्व र ऐतिहासिक पक्षलाई उजागर गर्नु पर्छ ।’ जितगढी किल्लामा लड्न जादा जर्नेल उजिरसिंह थापाले भगवती देवीलाई भाकल गरेको र सोही अनुसार विजय उत्सवको रुपमा भगवती रथ यात्राको शुरुवात गरिएको जानकारहरु वताउ“छन । विजयी उत्सवको रुपमा प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीका भोली पल्ट पाल्पाको तानसेनमा भगवती रथ यात्रा निकाल्ने गरिन्छ । वुटवल नगरपालिकाका वरिष्ठ अधिकृत भुवा प्रसाद लुईटेल विजय उल्लासका साथ पाल्पामा भगवती जात्रा निकाल्ने परम्परा भएको बताउदै विजयी हासिल गरेको किल्लालाई प्रचार प्रसार गर्ने र विर फौजको सम्मानको लागी दिवश मनाएको बताए । वुटवल नगरपालिकाका निमित्त प्रमुख विष्णु खनालले जितगढीको एतिहासिक पक्षलाई सधै स्मरण गर्न विजय दिवश मनाउन शुरु गरिएको बताउदै यसलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे ।

0 comments
तपाईंको प्रतिकृया