आयुर्वेद औषधालयमा निशुल्क औषधी : छैन धेरैलाई जानकारी
बुटवल । के तपाई आयुर्वेद औषधी सेवन गरिरहनु भएको छ ? एलोपेथिक औषधीवाट निको नभएका दिर्घ रोगको उपचारमा तपाई आयुर्वेद औषधी खरिदका लागी धेरै रकम खर्च गर्नुभयो होइन ।
तपाईलाई थाहा छ या छैन सरकारले आयुर्वेद औषधी निशुल्क वितरण गर्दे आएको छ । आयुर्वेद औषधी पसलमा धेरै रकम किन खर्च गर्नु हुन्छ ? तपाई सरकारी आयुर्वेद औषधालयमा निशुल्क सेवा लिन सक्नु हुन्छ ।
स्वास्थ्य मन्त्रालय आयुर्वेद विभाग अन्तर्गत १४ अंचल ७५ जिल्लामा आयुर्वेद औषधालय रहेका छन । ति औषधालयहरुले चिकित्सक सहितको सेवा प्रदान गरिरहेको छन । वुटवल–१३ देवीनगरमा पनि लुम्विनी अंचल आयुर्वेद औषधालय रहेको छ । स्थापनाको शुरुवातमा लुम्विनी अंचल हेर्ने भएता पनि अहिले जिल्लामा सिमित गरिएको छ । उक्त औषधालयले चिकित्सक सहितको सेवा प्रदान गरिरहको छ । औषधालयमा निशुल्क औषधी पाईन्छ भन्ने कमैलाई मात्र थाहा होला । त्यहा पर्ची काटेको पनि शुल्क तिर्नु पर्देन । ‘सवै सेवा निशुल्क छ ।’आयुर्वेद चिकित्सक डा.शारदा खनाल भन्छिन– ‘दैनिक ३०–३५ जनाको उपचार हुन्छ ।’ उनका अनुसार आयुर्वेद औषधालयमा उपचार गराउन आउनेको संख्या वढ्दो छ । जिल्ला बाहिरवाट पनि विरामी औषधालय खोज्दै आउने गर्छन । तर धेरैलाई आयुर्वेद औषधालयको सेवाको विषयमा जानकारी पनि भएको त्यहाका कर्मचारीहरु स्वीकार गर्छन । ‘यो अलि छउेमा पनि परयो तर जानेवुझेका टाढा टाढावाट पनि आउनु हुन्छ ।’ उनिहरु भन्छन । वुटवल–१३ देवीनगरमा रहेको औषधालयले आफै जडिवुटी उत्पादन गरी प्रशोधन पनि गर्छ । जसको लागी औषधालय परिषर मै विभिन्न प्रकारका जडिवुटी लगाईएको छ । अर्जुन, निम ,वासा, भुईअमला लगायतका जडिवुटी लगाईएको आयुरर्वेद निरिक्षक चेतनाथ आचार्यले जानकारी दिए । ति जडिवुटीलाई औषधालय परिषर मै रहेको प्रशोधन केन्द्रमा प्रशोधन गरी अन्य शाखाहरुमा पनि पठाइन्छ । रुपन्देही जिल्लामा रुद्रपुर, मानपकडी, करहिया, मर्चवारको मझगावामा शाखा औषधालय रहेका छन । यहा उत्पादन गरिएको औषधी ति औषधालयहरुमा पठाउने गरिएको आचार्यले बताए । वार्षिक १ क्वीटन औषधी उत्पादन गर्ने लक्ष्य रहेपनि २–३ क्वीन्टल सम्म औषधी उत्पादन गरिने उनले जानकारी दिए । वासा चुर्ण, कालसंघ चुर्ण, अर्जुन चुर्ण, निम चुर्ण , लज्जावति चुर्ण, लगायतका आयुर्वेद औषधी उत्पादन गरिन्छ । आयुर्वेद निरिक्षक आचार्यका अनुसार वासा खोकीको औषधी हो त्यसै गरी अर्जुन मुटुरोग, कालसंघ जण्डिसको औषधी हो ।
औषधीको माग धेरै भई आवश्यकता पुरा गर्न नसकीए वैद्य खानावाट औषधी मगाउने गरिन्छ । औषधालयका कविराज निरिक्षक गणेश सापकोटाले छिट्टै सुर्यपुरा र हाटीवनगाईमा शाखा औषधालय संचालन गर्न लागिएको बताए । शाखा कार्यालयहरुमा पनी औषधीको मा वढेको उनले बताए । उनका अनुसार एलोपेथिक औषधीवाट निको नभएका दिर्घरोगी तथा आयुर्वेद औषधीको महत्व वुझेका विरामी औषधालयमा उपचारको लागी आउने गर्दछन ।
एक आयुर्वेद चिकित्सक सहित आयुरर्वेद निरिक्षक, कविराज निरिक्षक, वैद्य, सहलेखापाल २ कार्यालय सहयोगी सहित गरी ७ जनाको दरवन्दी रहेको अंचल आयुरर्वेद औषधालयमा वैद्यको दरवन्दी खाली छ । यस औषधालयले विरामीलाई उपचार मात्र गर्देन जडिवुटी अगुवा कृषकलाई तालिम, आयुर्वेद शिक्षा कार्यक्रम , धामीझाक्रिलाई सचेतना कार्यक्रम पनि संचालन गर्दे आएको निरिक्षक आचार्यले बताए । प्रत्येक वर्ष २० सामुदायिक विद्यालयका विद्यार्थीलाई आयुर्वेद शिक्षा र १० जना झाक्रीलाई सचेतना कार्यक्रम गर्दे आएको उनले वताए । धामी झाक्रीलाई विरामी भए अस्पताल पठाउन सुझाव दिन सचेतना कार्यक्रम संचालन गरिएको उनको भनाई छ

0 comments
तपाईंको प्रतिकृया