नेपाललाई यू – १६ प्रिमियर क्रिकेटको उपाधी
काठमाडौं । नेपालले एसीसी यू–१६ प्रिमियर क्रिकेटको उपाधि जितेको छ । आयोजक मलेसियालाई ३२ रनले पराजित गर्दै नेपालले यू–१६ उमेर समूहकै पहिलो उपाधि मात्र जितेन, दुई वर्ष अघि व्यहोरेको हारको बदला समेत लिएको छ । २ वर्षअघि एलिट कपका नाममा भएको प्रतियोगितामा नेपाललाई १ विकेटले हराएर मलेसियाले उपाधि उचालेको थियो ।यू(१६ च्याम्पियन बनेसागै नेपालले एसियाली क्रिकेट परिषद्ले आयोजना गर्ने उमेर समूहको सबै प्रतियोजिता जितेको छ । यू–१७ एक पटक, यू–१९ चार पटक जितेको नेपाल यू–१६ मा भने दुई पटक फाइनलमा पराजित भएको थियो ।
एकपछि अर्को उपाधि चुमेको नेपाल पछिल्लो समय भने उमेर समूहमा कमजोर देखिएको थियो । यसअघि सन् २००९ मा पृथु बास्कोटाको कप्तानीमा एसीसी यू(१७ जितेयता नेपाली उमेर समूहमा उपाधिविहीन थियो ।
बुधबार किनरारा ओभरमा नेपालले प्रस्तुत गरेको १६२ रनको लक्ष्य पछ्याएको घरेलु टोली मलेसियन ३६।२ ओभरमा १२९ रन जोड्दा अल आउट भयो । ३३ ओभरमा ६ विकेट गुमाएर १२२ रन बनाएको मलेसियाले थप ७ सातका लागि चार विकेट गुमायो ।
यसअघि टस हारेर पहिले व्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४० ओभरमा ९ विकेट गुमाएर १६१ रन बनाएको थियो । नेपालका लागि पवन सर्राफले ४४ रनको योगदान दिए । आठौं नम्बरमा व्याटिङमा आएका उनले २६ बलको सामाना गरेर चार चौका र दुई छक्का समेत हानेका थिए । यस्तै रवि चन्दले ३४ र शाशिफ शेखले २० रन जोडे । नेपालका पवन म्यान अफ दि म्याच घोेषित भए ।
अनिल खरेल होनहार क्रिकेटर घोषित
मलेसियामा सम्पन्न एसीसी यू९१६ प्रिमियर क्रिकेटमा नेपालका १३ वर्षे स्पिनर अनिल खरेल होनहार खेलाडी घोषित भएका छन् ।
नेपाललाई एसीसी यू९१६ प्रिमियर क्रिकेटको उपाधि दिलाउने क्रममा १३ विकेट लिएका उनी प्रतियोगिताको होनहार खेलाडी ९मोस्ट प्रोमिसिङ प्लेयर० घोषित भएका हुन् । देब्रे हाते स्पिनर अनिलले आइतबार ओमानविरुद्ध मात्र ६ विकेट लिएर सनसनी मच्चाएका थिए ।

0 comments
तपाईंको प्रतिकृया