शिक्षकद्धारा बढुवा हुन नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश
बुटवल । प्रावि द्धितीय स्तरमा वढुवा हुन नवलपरासीका एक शिक्षकले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको खुलासा भएको छ । पवन उच्च मावि नवलपरासीका शिक्षक गोमादेवी जोशीले वढुवा हुनको लागी पेश गरेको माध्यमिक शिक्षा परिषद वाराणसी अन्तर्गत किशन हायर सेकेन्डरी स्कुल भारतवाट सन १९९१ लामा इन्टर उर्तिण गरेको भनिएको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली प्रमाणीत भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
विहिवार आयोगले विशेष अदालत काठमाडौमा आरोपत्रप समेत दायर गरेको छ । शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली एवं झुठा देखिन आएकाले भष्टचार निवारण ऐन २०१७ को दफा १२ र २९ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ (१) वमोजिम निज उपर हदै सम्मको सजायको माग सहित अदालतमा आरोपपत्र दायर गरेको जनाईएको छ ।

0 comments
तपाईंको प्रतिकृया