११२ प्रहरी नायव उपरीक्षकको सरुवा
काठमाडौं । प्रहरी प्रधान कार्यालयले १ सय १२ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)हरुको सरुवा गरेको छ ।
गृहमन्त्री वामदेव गौतमसँग सल्लाह गरेरै डीएसपीहरुको सरुवा भएको प्रधान कार्यालय स्रोतले जनाएको छ । ९ डिआइजीको एआइजीमा बढुवा र पदस्थापन लगत्तै प्रहरी महानीरिक्षक उपेन्द्रकान्त अर्यालले डीएसपीहरुको सरुवा गरेका हुन् ।
आकर्षक मानिने उपत्यकाका वृत्त र बाहिरका इप्रकाहरुमा समान अवसर दिन नयाँलाई लगिएको स्रोतले जनाएको छ । उपत्यकाका केही वृत्तका प्रमुखहरुको पनि सरुवा भएको छ । त्यस्तै कालिमाटीमा राजेन्द्र धमला, बालाजुमा अर्जुन रानाभाट, कीर्तिपुरमा दीपक न्यौपाने, जनसेवा विशालबजारमा वेद विष्ट, थानकोटमा प्रवीण धिताल र सातदोबाटोमा तोरणकुमार कार्की सरुवा भएका छन् ।
त्यस्तै कमलपोखरीमा विनोद सिलवाल, गौशालामा राकेश सिंह र सिंहदरबार वृत्तमा डीएसपी सन्तोष खड्का सरुवा भएका छन् ।डीएसपी तारादेवी थापा, सन्तोषकुमार भट्टराई र कुवेर कडायत महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा सरुवा भएका छन् ।
त्यस्तै डीएसपी मोहनप्रसाद पोखरेल महानगरीय ट्राफिक प्रहरी महाशाखा र बसन्त रजौरे महानगरीय प्रहरी परिसर हनुमानढोका सरुवा भएका छन् ।

रुपन्देहीमा को आए ?

0 comments
तपाईंको प्रतिकृया