शुरु भयो एमाले र कांग्रेसविच खटपट
सुकुम्बासी आयोग गठन एकतर्फी ढङ्गले बढाएकोमा कांग्रेसको आपत्ति
काठमाडौँ । सत्तासाझेदार नेकपा एमाले र नेपाली कांग्रेस विच खटपट शुरु भएको छ । नेपाली कांग्रेसले एमालेले एकतर्फि टंगले अघि वढेको आरोप लगाएको छ भने कांग्रेसले सरकारमा दादागिरी देखाएको एमालेको आरोप छ ।
काठमाडौँ । सत्तासाझेदार नेकपा एमाले र नेपाली कांग्रेस विच खटपट शुरु भएको छ । नेपाली कांग्रेसले एमालेले एकतर्फि टंगले अघि वढेको आरोप लगाएको छ भने कांग्रेसले सरकारमा दादागिरी देखाएको एमालेको आरोप छ ।
राज्यको पुनःसंरचना, शासकीय स्वरुप, निर्वाचन र न्याय प्रणालीजस्ता संविधानका विवादित विषयमा सहमति खोज्न सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमाले विच भएको बैठकमा काँग्रेसले सुकुम्बासी आयोग गठन एकतर्फी ढङ्गले भएको भन्दै आपत्ति जनाएको छ ।
काँग्रेस उपसभापति रामचन्द्र पौडेलले एकतर्फी ढङ्गले सुकुम्बासी आयोग गठन भएकोबारे आपत्ति जनाइको बताए । उनले भने– संविधान निर्माणका विषयमा सहमति जुटाउन छलफल भइरहेको छ, एमालेले एकतर्फी ढङ्गवाट राजनितीक् नियुक्ति गर्ने ।’ केही दिन अघि मात्र एमालेले आफ्नो भागमा परेको भुमिसुधार तथा व्यवस्था मन्त्रालय अन्तर्गतको उक्त आयोगको जिल्लामा अध्यक्ष तथा सदस्यहरु नियुक्त गरेको छ। त्यसो त आयोगको विषयलाई लिएर एमाले भित्रै पनि विवाद शुरु भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको दुई दलको बैठकमा पनि दुई दलका शीर्ष नेताहरुले राज्यको पुनःसंरचना र शासकीय स्वरुपलगायतका संविधानका विवादित विषयमा सहमति खोज्न बैठक बसेको नेपाली काँग्रेसका प्रवक्ता दिलेन्द्र बडूले बताए।
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पनि राज्य पुनःसंरचनाका विषयमा सहमति खोज्ने प्रयास जारी रहेको बताए । बैठकमा प्रधानमन्त्री एवम् काँग्रेस पार्टी सभापति सुशील कोइरालाले अहिलेको प्रमुख काम भनेको संविधान बनाउने भएकाले त्यसैमा सबै राजनीतिक दलले ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए ।

0 comments
तपाईंको प्रतिकृया