Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
पहिरो पीडितलाई राहत वितरण

बर्दघाट, नवलपरासी । प्राकृतिक प्रकोप उद्धार समिति नवलपरासीले पहिरो पिडीतहरुलाई राहत वितरण गरेको छ ।
नरम गाविसका पिडीतहरुलाई बुधबार इलाका प्रशासन कार्यालय कावासोतीमा  राहत वितरण गरिएको हो ।
प्राकृतिक प्रकोप उद्दार समिति नवलपरासीका संयोजक  एवम् जिल्ला प्रशासन कार्यालय नवलपरासीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले पीडितहरुलाई राहत वितरण गरेका हुन् । 
गत साउन ३० गते शुक्रबार देखि लगातार तीन दिन सम्म परेको पानीले नवलपरासीको नरम गाविसको वडा नं. ४ पुरानो नरममा पहिरो जांदा ३५ बर्षीय  रेखी माया माकिमको पहिरोले पुरिएर मृत्यु भएको थियो भने ३ घर पहिरोले पुरिएको स्रोतले जनाएको छ । 
मृतकका परिवारलाई ४० हजार र पहिरोले घर पुरिएका पीडित परिवारलाई ५ हजारका दरले राहत वितरण गरिएको हो । त्यसैगरी बाढी पहिरो तथा डुबान पीडितहरुका लागि रेडक्रम कावासोतीले २७ हजार राहत संकलन गरेको छ । विभिन्न व्यक्ति र संस्थाबाट २७ हजार ५ सय ७५ रुपैया संकलन गरेको रेडक्रस कावासोतीका सभापति योग प्रसाद शर्माले जानकारी दिए ।

0 comments

तपाईंको प्रतिकृया