उपसमिति र भूमिगत समूहबीच चारबुँदे सहमति
काठमाडौं । संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको वार्ता उपसमिति र भूमिगत जनजात्रिक तराई मुक्ति मोर्चा पृथ्वी समूहबीच चारबुँदे सहमति भएको छ ।
जनकपुरमा भएको वार्तामा पृथ्वी समूहले शान्तिपूर्ण राजनीतिक गतिविधिमा अगाडि बढ्ने प्रतिवद्धता जनाएको छ । मोर्चाले आफूसँग रहेको हतियार, बन्दी तथा भूमिगत कार्यकर्ता र मुद्धाको विवरण ११ दिनभित्र उपसमितिलाई उपलब्ध दिलाउनेछ ।
साथै मोर्चाले उठाएको संविधानसम्वद्ध विषयबस्तुहरु सम्वाद समितिमा प्रस्तुत गर्ने र संविधानसभामा छलफल गराउने उपसमितिले विश्वास दिलाएको छ । मोर्चासँग यसअघि भएको सहमतिप्रति उपसमितिको ध्यानाकर्षण भएको र मोर्चाका बन्दी कार्यकर्ताको मुद्दा खारेजी र रिहाइका लागि पहल गर्ने सहमति भएको छ ।

0 comments
तपाईंको प्रतिकृया