आन्तरिक निकासी सुचारु गर्न माग
बुटवल । तिलोत्तमा उद्योग बाणिज्य संघले नदीजन्य पदार्थको व्यवस्थित रुपमा तत्काल आन्तरिक निकासीको व्यवस्था गर्न सरकारसंग माग गरेको छ ।
संघको आज बसेको कार्यसमितिको बैठकले नदीजन्य पदार्थको आन्तरिक निकासी रोकिदा बिकास निर्माणदेखि व्यवसाय र रोजगारी ठप्प भएको भन्दै तत्काल आन्तरिक निकासी खोल्न सम्वन्धित निकायसंग माग गर्ने निणर्य गरेको हो ।
संघले आफनो क्षेत्रका सय बढी घर निर्माण सहित बिकास निमार्णका कार्यहरु रोकिदा हार्डवेयर व्यवसाय ठप्प भएको र करिव एक हजार मजदुरको रोजीरोटी खोसिएको जनाएको छ । संघले समस्या समाधानका लागि तत्काल सरोकारवाला निकायमा डेलिगेशन जाने र दीर्घकालका लागि राष्टियस्तरको गोष्ठि आयोजना गर्ने निणर्य गरेको छ ।
संघका अध्यक्ष गुणनिधि भण्डारीको अध्यक्षता र महासचिव माधवलाल देवकोटाको अध्यक्षतामा संघको कार्यालय भलवारीमा बसेको बैठकले व्यवसायीहरुलाई परिवर्तित कर नीतिका सम्वन्धमा जानकारी गराउन कर प्रशिक्षण र लेखा व्यवस्थापनका लागि लेखा तालिम आयोजना गर्ने निर्णय गरेको छ ।

0 comments
तपाईंको प्रतिकृया