Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
वाणिज्य निती छिट्टै परिमार्जनः मन्त्री थापा

बुटवल । वाणिज्य तथा आपुर्ती मन्त्रि सुनिल बहादुर थापाले पेटेलियम पदार्थको आपुर्ती सम्वन्धमा संसदीय समितीले गरेको निर्णय कार्यान्वयन भएर छाड्ने बताएका छन ।
‘यो समस्याले आपुर्ती मन्त्रि र नेपाल आयाल निगमको मात्र टाउको दुखाई हुन्थो ।’ उनले भने – अहिले यो सवैको चासोको विषय वनेको छ संसदीय समितीले पनि चासो लिएको छ, निर्णय गरेको छ त्यो कार्यान्वय हुन्छ ।’
पश्चिमाञ्चल पेटेलियम डिलर्स  एशोसियसनको शुक्रवार भएको १२ औ साधारण सभा तथा छैठौ अधिवेशनको उद्घाटन गर्दे मन्त्रि थापाले कुनै पनि हालतमा संसदीय निर्णय कार्यान्वयन हुने बताए ।  नेपाल आयल निगमको नितिगत तथा व्यवहारिक समस्या सामाधान गर्न आफू तत्पर रहेको बताउदै उनले त्यसको लागी सम्वन्धीत व्यवसायीहरुको पनि साथ चाहिने बताए ।  पेटेल डिजल तथा मट्तिेललाई आपुर्ति व्यवस्था मिलाउन पाईप लाईन विस्तारको लागी भारत सरकार सकारात्मक भएको बताउदै आफूले पहल गरिरहेको उनको भनाई छ ।
सरकारले व्यापार नगर्ने वताउदै व्यापारको प्रवद्र्धनको लागी सरकारले सहजकर्ताको मात्र भुमिका निर्वाह गर्ने उनको भनाई छ । मन्त्रि थापाले  वाणिज्य निती परिमार्जनको लागी पहल भइरहेको बताउदै त्यो नितीले व्यापारलाई प्रवद्र्धन गर्ने विश्वास व्यक्त गरे  । उनले व्यापार घाटा कम गर्न विभिन्न मुलुकहरुसंग  छलफल गरिरहेको बताउदै निर्यातको लागी अमेरिकाको वाणिज्यदुत संग छलफल गरेको बताए । 
यसैविच, आयल निगमले नियमित रुपमा आपुर्ती गर्न नसकेको ढुवानी व्यवसायीहरुको गुनासो  छ । पश्चिमाञ्चल पेटेलियम डिलर्स  एशोसियसनको १२ औ साधारण सभा तथा छैठौ अधिवेशन उद्घाटन कार्यक्रममा व्यवसायीहरुले आपुर्ती व्यवस्थित गर्न पनि सम्वन्धीत पेटेलियम डिलर्सहरुलाई नै ढुवानी गर्न दिनु पर्ने माग गरे । 
नेपाल  पेटेलियम डिलर्स राष्ट्यि एशोसियसनका अध्यक्ष लिलेन्द्र प्रसाद प्रधानले तेल ढुवानी गर्न पाउने राज्यले दिएको अधिकार भएको बताउदै त्यसलाई कार्यान्वय तहमा लैजान व्यवसायीहरुविच एकता आवश्यक रहेको बताए  ।

0 comments

तपाईंको प्रतिकृया