Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
हराउदै तीजको मौलिकता

बिन्दु थापा
बुटवल ।
हाम्री आमाले दिएको पछ्यौरी, सीरीरी हावाले पर पुुयायो ।
आमा काख बसेकि छोरीलाई, पालेन पापिले दुु ख पुुयायो ।।
केही अघिका वर्ष सम्म तीजका भाकामा यस्तै गीतहरु गुञ्जिन्थे । तिज आयो कि महिलाहरुले आफुुलाई परेका दुुख र पिडाको पोको फुकाएर मनलाई हलुुका बनाउथे । तीजमा आफ्ना जीवनमा भएका यर्थाततालाई लयमा ढालेर मनोरञ्जन गर्थे । दिदि बहिनि बसेर रमाउथे ।
तर ति दिनहरुमा गाइने गीतहरु अहिले हराउदै गएका छन् । सांकृतिक पर्व तीजलाई बिकृतिको जालोले झपक्क छोप्दै गएको छ । बिगत केहि बर्षदेखि तिजमा महिलाहरुले नै तडकभडक देखाउन थालेका छन् । पर्वको नाममा बिकृति फैलिएको छ । महिला अधिवक्ता दिपा सुनार भन्छिन–‘तीजमा अहिले आएका गीतहरुले सस्कृतिलाई विलय बनाउने खतरा छ ।’
पछिल्लो समयममा कलाकारले रचना गरेका तीजवगीत संगितले निकै स्थान पाएको छ । गीत गाउने, लेख्ने, मोडल गर्नेहरुले शब्द र संस्कृतिको ख्याल नगर्दा पर्वको बिकृत भएको सरोकारवालाको बुुझाई छ ।
अधिबक्ता महेन्द्र पाण्डे बिगतका तीजमा पाइने गीतहरु हराउदै गएको प्रति चिन्ता व्यक्त गर्दछन । उनि भन्छन – ‘तीजलाई सास्कृति पर्वकै रुपमा मान्नुपर्छ ।’
कोही त थिए भिरमा कोही थिए रुखमा,
कस्को आसु नआउला र यस्तो दुःखमा ।
दुर्घटनालाई झल्काउने यस्ता गीतहरु उहिलेका डाडाहरुमा गाउने गरिएको थियो । तर ति गीतहरु अहिले हराइसके । महिला अधिकारकर्मी मिनाक्षि न्यौपाने तिज दिदिबहिनि र माईतिको भेट गराउने पर्व भएको बताउीन । ‘धेरैमा भेट हुुने आफ्नो जन्मघरका सदस्यसंग रमाईलो गरि खाने बस्ने पर्व हो । पहिलापहिला महिलाहरुलाई शिक्षा दिक्षा बाट बञ्चित गराई छिटो बिवाह गरिदिने चलनले धेरैमा माईत आउन पाउथे । त्यहि अनुुसारको गित बन्थे र गाउथे । अहिलेको समयमा महिलाहरु शीक्षित बन्दै गएका छन् ।
पत्रकार  माया गौतमले कलाकारहरुले गित गाउदा र लेख्दा शब्दको ख्याल गर्नुपर्ने वताउछिन । कलाकारिताको माध्यमबाट समाज परिवर्तन गर्न सकिने हुुदा समयको मागअनुुसारका गितहरु गाउन समेत आग्रह गर्छिन ।

0 comments

तपाईंको प्रतिकृया