Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
पार्टी भित्रको विवादले संविधान निर्माणलाई असर गर्दैन: खनाल

बुटवल । एकिकृत नेकपा माओवादीका स्थायी समिति सदस्य चन्द्रप्रकाश खनाल ‘वलदेव’ले पार्टी भित्रको विवादले संविधान निर्माण र शान्ति प्रक्रियामा असर नपर्नेे बताएका छन् ।
 उनले पार्टी भित्रको अन्तरसंघर्षले शान्ति र संविधानलाई असर नगर्ने हुँदा नेकपा–माओवादी लगायतको मागलाई संबोधन गरी माघ ८ गते संविधान जारी हुने बताए । गोलमेच सम्मेलन मार्फत नेकपा–माओवादी लगायत सवै पार्टीको मागलाई सम्वोधन गरी संविधान निर्माणमा जोड दिनु पर्ने उनको भनाई छ ।
क्रान्तिकारी पत्रकार संघ नेपाल रुपन्देहीले विहिवार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता खनालले संविधान निर्माणको विषयमा पार्टी भित्र विवाद नरहेका बताएका हुन ।
नेता खनालले पार्टी भित्रको गुट उपगुट अन्त्य गरी पार्टीलाई एकतावद्ध गराउने बताउदै पार्टी विभाजन कसैलाई पनि  मान्य नहुने बताए । ‘पार्टी भित्र अरु केही विवाद छैन  संगठनात्मक पद्धतीमा असन्तुष्टी देखिएको छ ।’ उनले भने–पाटी भित्र वहुमत र अल्पमतको भन्ने विवदा छैन ।’एमाओवादीको विभिन्न जिल्लामा गठन भएको समानान्तर कमिटिलाई अल्पमतको संज्ञा दिदै अल्पमत भएको स्थानमा डा वावुराम भट्टराई पक्षवाट समानान्तर कमिटी खोलिएको बताए ।
रुपन्देहीमा बामदेव क्षेत्री अध्यक्ष रहेको ३८ सदस्यीय समितिलाई मान्यता दिएपनि क्षेत्रीले आफु अध्यक्ष भएको माइन्युट पार्टी केन्द्रलाई उपलब्ध गराउन नसकेकाले वैद्यानिकता माथी प्रश्न चिन्न खडा भएको बताए । उनले रुपन्देहीमा कुनै पनि पक्षको बहुमत नभएको समेत दावी गरे ।
फरक प्रसंगमा नेता खनालले शान्ति प्रकृया ढुङगोमा पुराउन नेकपा–माओवादीले सहयोग गर्नु पर्ने बताए । वैद्य माओवादीसंग अफै पनि केही हतियार रहेको वताउदै उनले त्यो हस्तान्तरण गरे पछि मात्र शान्तिप्रकृया टुङगोमा लाग्ने बताए ।

0 comments

तपाईंको प्रतिकृया