‘समाज रुपान्तरणमा मिडियाको भुमिका महत्वपुर्ण’
स्थानिय क्षेत्रका मुद्धाको उठान तथा चेतनामुलक सन्देश प्रवाह गरेर टेलिभिजनले समाजरुपान्तरणमा उदाहरणीय काम गरेको बताएका हुन् । बुद्ध सामुदायिक टेलिभिजनको सार्तौ बार्षिक उत्सवका अवसरमा विहिवार बुटवलमा अयोजित ‘समाज रुपान्तरणमा सामुदायिक टेलिभिजनको भुमिका विषयक’ संवाद कार्यक्रममा सहभागिहरुले यस्तो धारणा राखेका हुन् ।
कार्यक्रममा नेपाल पत्रकार महासघका केन्द्रिय उपाध्यक्ष अनिता विन्दुले राज्यले मिडियाको विषयमा गंभिरता नदेखाएकाले धेरै मिडियाको अवस्था नाजुक रहेको बताईन । मिडिया विनाको समाजको कल्पना गर्न नसकिने भन्र्दै त्यसका लागि स्थानिय क्षेत्रमा रहेका मिडियाको स्थायीत्वका लागि राज्यले ध्यान दिनु पर्नेमा जोड दिईन ।
नेपाली काग्रेस रुपन्देहीका पुर्व सभापती रामचन्द्र ढकालले मिडियाको सहयोगले मात्र ठुला ठुला राजनितिक परिर्वतनहरु सम्भव भएको भन्दै मिडिया विना समाजको विकास संभव नभएको बताए ।
सो अवसरमा समाज रुपान्तरणमा साुमदायिक टेलिभिजनको भुमिका विषयक कार्यपत्र प्रस्तुत गर्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका पुर्व अध्यक्ष बालकृष्ण चापागाईले मिडिया विना समाजरुपान्तरण हुर्दै नसक्ने तर्क गर्दै स्थानिय मिडियाको भुमिका निकै ठुलो रहेको बताए । कार्यक्रममा पत्रकार महासघ रुपन्देहीका पुर्व अध्यक्ष हरि लम्सालले मिडिया विद्यमान समस्या र तीनको पहचिान सहित राज्यलाई दवाव दिन आवश्यक रहेको बताए । पत्रकार महासंघ रुपन्देहीका कार्यवाहक अध्यक्ष यानेन्द्र जिसिले श्रमजिवी पत्रकार ऐन कार्यानयनकालागि सामुहिक दवाव आवश्यक रहेको बताए ।
टेलिभिजनका उपाध्यक्ष तथा वार्षिकउत्सव कार्यक्रमका संयोजक पृथ वहादुर फौदारको अध्यक्षतामा भएको कार्यक्रममा टेलिभिजनका कोषाध्यक्ष अरुण कुमार श्रेष्ठ, कार्यकारी अधिकृत विष्णु भुषाल, नेपाली कंग्रेस महासमिति सदस्य युवराज गिरि , नेकपा एमाले रुपन्देहीका प्रचार विभाग प्रमुख तेजेन्द्र केसी , एमाओवादीका जिल्ला सदस्य कृष्ण पोखरेल राष्ट्रिय जनमोर्चाका पदम श्रेष्ठ , मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सदस्य गोविन्द खनाल , लेखक क्रषि आजाद, शिवजी गायक, बुटवल उद्योग वाणिज्य संघका हरि अर्याल, पत्रकार टिपी भुषाल लगायतले बोल्दै समाज रुपान्तरणको महत्वपुर्ण माध्यक समुदायमा आधारि संचार माध्यम रहेको बताएका थिए ।

0 comments
तपाईंको प्रतिकृया