प्रचण्डले सुनकोसी पीडितलाई दिए एक लाख
सिन्धुपाल्चोक । कान्ले पहिरो पीडितलाई एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन ।
भदौ १ गते पहिरो र बाँधस्थलको अवलोकन गर्ने क्रममा उनले पीडितलाई लाख रुपैयाँ उपलब्ध गराउने कबुल गरेका थिए। पार्टी नेता अग्नि सापकोटामार्फत उनले सहायता उपलब्ध गराएका हुन्। प्रतिबद्धताको सातापछि उनले सहायता पठाए। प्रचण्डको चेक नेता सापकोटाले जिल्ला दैवी प्रकोप उद्धार समितिलाई हस्तान्तरण गरे। सुनकोसी पीडितलाई आर्थिक सहायता प्रदान गर्ने प्रचण्ड एक्ला पार्टी प्रमुख हुन्।
उद्धार समितिका संयोजक प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले हाललाई राहत संकलन स्थगन गरेको बताए । समितिले जिन्सी सामग्री नभएर नगदै सहायता दिन सबैमा आग्रह गरेको छ। उनका अनुसार जिन्सी सामग्रीको कुनै अभाव छैन। पराजुलीका अनुसार केही महिनालाई पुग्ने सामग्री मौज्दात छ। शनिबारसम्म उद्धार समितिको खातामा झन्डै ९० लाख रुपैयाँ आर्थिक सहायता संकलन भएको छ। विभिन्न व्यक्ति, संघसंस्थाले चेक, नगद, सिधै मौज्दात र बैंकमार्फत उक्त रकम संकलन भएको छ।
उद्धार समिति, व्यवस्थापन उपसमितिका कर्मचारी मुरारीप्रसाद तिवारीका अनुसार हालसम्म १ सय ४६ व्यक्तिले नगदै सहायता दिएका छन्। ३ सय २ संस्था र व्यक्तिले नगद र जिन्सी दुबैखाले सहायता दिएका छन्। ६ सय ११ परिवारले हालसम्म चार चरणमा गरेर चामल, नुन, दाल, मसला, भाँडाकुँडा, लत्ताकपडालगायत सामग्री बुझेका छन्। सामग्री सकिएपछि पुनः वितरण गर्ने व्यवस्था मिलाइएको छ।
सुनकोसी बाँध र कान्ले पहिरोले मांखा, टेकानपुर, राम्चे र धुस्कुन गाविसका २ सय १९ घरका १ हजार ११ जना जना विस्थापित छन्। तीमध्ये ५५ परिवार लामोसाँघुस्थित नेपाल ओरियन्टल म्याग्नेसाइट् उद्योगमा आश्रयमा छन्। स्थानीय प्रशासनले पीडितलाई क्षतिका आधारमा क, ख र ग गरी तीन चरणमा वर्गीकरण गरेर राहत वितरण गरिरहेको छ। आफन्त र घर गुमाउनेलाई क, घर मात्र गुमाउनेलाई ख र अन्य क्षति व्यहोर्नेलाई ग मा वर्गीकरण गरिएको छ। क वर्गका ७९ र ख वर्गका ६ सय १ जनालाई परिचयपत्रको समेत व्यवस्था गरिएको छ। उनीहरुलाई पुनर्वास गराउने सरकारको तयारी छ।

0 comments
तपाईंको प्रतिकृया