Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
कक्षा १२ को विज्ञान संकायमा ७०.४३ प्रतिशत उर्त्तीण


काठमाडौं । उच्च माध्यमिक शिक्षा परिषदले कक्षा १२ को विज्ञान संकायको परीक्षाफल प्रकाशित गरेको छ ।
शनिबार बिहान सार्वजनिक गरिएको नतिजाअनुसार नियमिततर्फ ७० दशमलव ४३ प्रतिशत र आंशिकतर्फ ३८ दशमलव २१ प्रतिशत विद्यार्थी उर्त्तीण भएका छन् ।
यस वर्ष नियमिततर्फ ३६ हजार ७ सय २७ विद्यार्थीले परीक्षा दिएका थिए । तीमध्ये २५ हजार ८ सय ६६ जना उर्त्तीण भएको परीक्षा उपनियन्त्रक उत्तमदेव विष्टले जानकारी दिए । त्यस्तै आंशिकतर्फ ६ हजार ८ सय ४२ विद्यार्थीले परीक्षा दिएकोमा २ हजार ६ सय २१ जना उर्त्तीण भएका छन् ।
परीक्षा दिने विद्यार्थीमध्ये नियमिततर्फ ८ जना तथा आंशिकका ७ जना विद्यार्थीको परीक्षा रद्द गरिएको विष्टले बताए । त्यस्तै ६ जना विद्यार्थीको परीक्षाफल स्थगित गरिएको छ । परीक्षाको नतिजा उच्चमाध्यमिक शिक्षा परिषद्को वेबसाइट www.hseb.edu.np मा हेर्न सकिन्छ ।

0 comments

तपाईंको प्रतिकृया