Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
देशभर हालसम्म ७८ प्रतिशत धान रोपाइँ

काठमाडौँ । कृषि विकास मन्त्रालयले  हालसम्म देशभर ७८ प्रतिशत धान रोपाइँ भएको जनाएको छ ।
समयमै धान रोपाइँका लागि आवश्यक वर्षा हुन नसक्दा अघिल्लो वर्षको तुलनामा यस वर्ष २० प्रतिशतले रोपाइँ कमी भएको हो ।
सामान्यतया नेपालमा धान रोपाइँ असारमा सुरु भई साउनसम्म देशका विभिन्न स्थानमा सम्पन्न हुने गर्दछ । उच्च पहाडी भेगका विभिन्न १४, मध्यपहाडका विभिन्न ३९ तथा तराई क्षेत्रका विभिन्न २० जिल्लामा धान रोपाइँ सम्पन्न भएको छ ।
गएको वर्ष यसअवधिमा ९८ प्रतिशत रोपाइँ सम्पन्न भई १४ लाख ८६ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको थियो । सो वर्ष करिब ५२ लाख मेट्रिकटन धान उत्पादन भएको भए पनि नौ लाख मेट्रिकटन चामल आयात गरिएको थियो । गएको वर्षको तुलनामा यस वर्ष कम क्षेत्रफलमा रोपाइँ भएकाले उत्पादन घट्ने निश्चित भए पनि उत्पादनको गुणस्तरमा पनि ह्रास आउने मन्त्रालयका सह–प्रवक्ता टेकप्रसाद लुईंटेलले बताए ।

0 comments

तपाईंको प्रतिकृया