कतार एअरमा नेपालीलाई २५ प्रतिशत छुट
काठमाडौं। कतारको राष्ट्रिय ध्वजावाहक कतार एअरवेजले आगामी शुक्रबारसम्म लिएको टिकटमा नेपाली यात्रुलाई २५ प्रतिशत छुट दिएको छ ।
कतारले इकोनोमी र प्रिमियम क्याबिनको भाडामा यो छुट घोषणा गरेको हो । यो छुट योजना युरोप, मध्यपूर्व, अफ्रिका र अमेरिकाका विभिन्न गन्तव्यमा उडान गर्ने यात्रुको लागि दिइएको जनाएको छ । एअरलाइन्सका अनुसार यो छुट पाउन आफ्नो टिकट आगामी डिसेम्बर १० भित्र प्रयोग गरिसक्नुपर्नेछ ।


0 comments
तपाईंको प्रतिकृया