शिक्षकद्धारा छात्रामाथी यौन दुव्र्यवहार
बुटवल । वोडिङ स्कुलको होस्टल छात्राको लागी अशुरक्षित वन्दै गएको छ । होस्टल तथा कक्षा कोठामा शिक्षकबाट छात्राहरु यौन हिसामा परेका घटनाहरु सार्वजनिक पनि हुन्छन । यस्तै घटना सार्वजनिक भएको छ रुपन्देही देवदह नगरपालिका –२ खैरेनी स्थित देवदह वुद्ध पव्लिक वोर्डिङ स्कुलमा ।
बोडर्स बसेकी एक छात्रालाई सोही विद्यालयका शिक्षकले यौन दुव्र्यवहार गरेको घटना सार्वजनिक भएको छ । कक्षा १० मा अध्ययनरत १६ वर्षिय छात्राले आपूलाई यौन दुराचार गर्ने आशयले पटक पटक संवेदनशिल अंगमा छोएर मानसिक यातान दिएको भन्दै विज्ञान शिक्षक श्रवण कुमार वा“निया विरुद्ध कारवाहीको माग गरी इलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी हुन । अभिभावक र स्थानियको सहयोगमा सोमवार उनले शिक्षक विरुद्ध किटानी जाहेरी दिएकी हुन ।
पिडित छात्राको भनाई अनुसार यो घटना आईतवार साझ करिव ९ वजे तिरको हो । होस्टलका विद्यार्थीहरु केहीले खाना खाईरहेका थिए केहीले खाना खादै थिए । ति छात्रा होस्टलको कोठामा एक्लै थिईन । विद्यार्थीलाई सिकाउने बहनामा गल्र्स होस्टलमा पसेका थिए विज्ञान शिक्षक वा“निया । पिडित छात्रा भन्छीन – संवेदनशिल अंगमा छुदै हात पात गर्न खोज्नु भयो मैले प्रतिकार गरे ।अरुले देख्छन भनेर वत्ति अफ गर्नु भयो म चिच्चाए ।’ चिच्चाएपछि अन्य छात्राहरु आएर आफूको उद्धार गरेको उनले बताईन । त्यस पछि शिक्षक कोठावाट भागेका थिए ।
गल्र्स होस्टल र शिक्षकको क्वाटर जोडिएको छ । छात्रा विद्यार्थीहरुलाई सुमसुमाउदै पढाउन रुची राख्ने नवलपरासी परासी अनरोडका वा“नियाले एक छात्रालाई संवेदनशिल अंकमा छोएर आफूलाई मानसिक यातना दिएको ति छात्राले आरोप लगाएकी हुन ।
वैशाख महिना देखी उक्त विद्यालयमा अध्यापन गर्न शुरु गरेका ति शिक्षकले होस्टेलमा रहेका छात्राहरुलाई चियो चर्चो गर्दे लगाउने कपडा फेरेको हेर्ने, नजिक परेमा मुसार्ने तथा संवेदनसिल अंग समेत छुन पछि नपर्ने पिडित छात्राले बताएकी छन । उनको हर्कतका विरुद्ध विद्यार्थीहरुले विद्यालय प्रशासनलाई जानकारी समेत गराएको वताईएको छ । समयमै विद्यालय प्रशासनले वास्ता नगर्दा यस्तो घटना सार्वजकि भएको पिडित छात्राका अभिभावकले बताए ।
अभिभावकका अनुसार संचालकहरुले क्षेतिपुर्तीमा मिलाउने भन्दै उक्त घटना सार्वजनिक नगर्न अनुरोध गरेका थिए । तर पिडित तथा तिनका अभिभावकले कारवाही नै हुनु पर्ने माग सहित किटानी जाहेरी दिएको हुन । वि। सं २०५८ मा स्थापना भएको उक्त विद्यालयले वोडर्स पनि संचालन गर्दे आएको छ । उक्त विद्यालयको होस्टलमा ४९ जना विद्यार्थी रहेका छन । ति मध्ये २४ गल्र्स र २५ व्वाईज रहेका छन । पिडित छात्रा साउन देखी होस्टेलमा बसेकी थिईन ।
शिक्षक वानियालाई इलाका प्रहरी कार्यललयले प्रहरीले नियन्त्रण लिएर अनुसन्धान शुरु गरेको छ । एलाका प्रहरी कार्यलयका निमित्ति प्रमुख सोम थापाले जबरजस्ती करणी उद्योग अन्र्तगत मुद्धा चलाईने जानकारी दिए । दुवै जनाको मेडिकल जाच गरिएको छ रिपोर्ट केही दिनमा आउने छ ।
उता विद्यालय प्रशासनले शिक्षक वानियालाई सेवावाट निलम्वन गरेको जनाएको छ । घटना वाहिर आएपछि ति शिक्षकलाई निलम्वन गरीएको विद्यालयका म्यानिजिङ डाईरेक्टर टंक पोख्रेलले जानकारी दिए । एमडि पोखरेले शिक्षक वानियाले यौन आसयले जवरजस्ती नगरेको बताएको जानकारी दिए । उनले यस अघि ति शिक्षकको विषयमा कुनै ‘कम्प्लेन’ नआएको बताए ।
मुलुकी ऐनको आसय करणीको १ नं।मा कसैले कुनै महिलाको मन्जुरी विना निजको संवेदनशील अंग छोएमा वा छुने प्रयास गरेमा, अश्लिल शब्द बोलेमा वा चित्र देखाएमा, यौनका आसयले जिस्काएमा वा हैरानी दिएमा र करणीका आशयले समातेमा समेत यौन दुव्र्यवहार गरेको मानिने छ । त्यस प्रकारको अपराध गर्ने व्यक्तिलाई एक वर्È सम्म कैद र दश हजार रुपैया सम्म जरिवाना हुने तथा पीडितलाई मनासिव क्षतीपुर्ति भराई दिनु पर्ने कानूनी व्यवस्था रहेको छ ।
त्यसै गरी जवर्जस्ती करणी गर्नेलाई उमेरको आधारमा सजायको व्यवस्था गरेको छ । जस अनुसार दश वर्ष भन्दा कम उमेरको बालिकालााई जर्वजस्ती करणी गरेमा दश देखि १५ वर्षसम्म, दश वर्ष वा सो भन्दा माथि र चौध वर्ष भन्दा कम उमेरकी बालिका भए आठ देखि बाह्र वर्ष सम्म, चौध वर्ष वा सो भन्दा बढी र सोरह वर्ष भन्दा कम उमेरकी बालिका भए छ वर्ष देखि दश वर्ष सम्म, सोर वर्ष वा सोभन्दा बढी वीस वर्ष भन्दा कम उमेरकी महिला भए पाँच वर्ष देखि आठ वर्षसम्म, वीस वर्ष वा सो भन्दा बढी उमेरकी महिला भए पाँच वर्ष देखि सात वर्ष सम्म कैद सजाय हुन सक्छ ।

0 comments
तपाईंको प्रतिकृया