Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
नयां नेतृत्व चयन

बुटवल २७ साउन । तमु (गुरुङ)  छोज धीं युवा जिल्ला समितीको भेलाले चित्र गुरुङको अध्यक्षतामा १५ सदस्यीय नया नेतृत्व चयन गरेको छ । जसको उपाध्यक्षमा सोम बहादुर गुरुङ र गणेश गुरुङ, सचिवमा उत्तम गुरुङ सहसचिवमा प्रेम गुरुङ, कोषाध्यक्षमा वोलमाया गुरुङ, रहेका छन ।
त्यसै गरी सदस्यहरुमा संगिता गुरुङ, सुमन गुरुङ लक्षमण गुरुङ लगायत रहेका छन । तमु कलाकर्मी संघका धन बहादुर गुरुङको अध्यक्षता तमु युवा छोजधींका केन्द्रिय सह–संयोजक  जिएस गुरुङको  प्रमुख आतिथ्यतामा भएको भेलामा जिल्ला अध्यक्ष चन्द्रवहादुर गुरुङ, सल्लाहकार धनवहादुर गुरुङ, युवा छोजधीका केन्द्रिय सदस्इ मिलन गुरुङ सुर्यलाल गुरुङ लगायतले संविधानमा तमुहरुको अधिकार शुनिश्चित गर्न युवाहरु जागरु हुनु पर्नेमा जोड दिए ।  मंसिर २०, २१ र २२ गते दमौलीमा हुन लागेको तमु छोजधी युवा समितीको राष्ट्यि महाधिवेशन सम्पन्न गर्नको लागी जिल्लाले सक्दो सहयोग गर्ने भेलाले निर्णय गरेको जनाइएको छ ।

0 comments

तपाईंको प्रतिकृया