Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
पहिरोमा परि मर्नेको संख्या २६ पुग्यो

सिन्धुपाल्चोक  । सिन्धुपाल्चोकको जुरेमा गत शनिबार गएको पहिरोमा पुरिएका मर्नेको संख्या २६ पुगेको छ । सोमवार विहान थप १७ जनाको शव भेटिए पछि पहिरोमा परी मर्नेको संख्या २६ पुगेको हो ।
सोमबार विहान पहिरो हटाउने क्रममा घरको भग्नावशेषले पुरिएको अवस्थामा शवहरु भेटिएको प्रहरिले जनाएको छ ।
डोजर र स्काभेटरको सहयोगमा प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले पहिरो हटाउने काम भइरहेको छ ।  शनिबार विहान करिव साढे ३ बजेतिर राम्चेबाट झरेको पहिरोले जुरेमा सुनकोशी नदी थुपेको थियो भने गाउँ नै पुरिएको छ ।  प्रहरीले १५० बढी सार्वसधारण वेपत्ता रहेको बताएको छ ।  पहिरोले थुनेको नदी ओभर फ्लो भएर बगेपछि बनेको ताल कायमै छ । 

0 comments

तपाईंको प्रतिकृया