Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
नेपाल भ्रमणमा रहेका मोदी भेटघाटमा व्यस्त

सबैलाई स्वीकार्य हुने संविधान बनाउन सुझाव
काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सबैलाई स्वीकार्य हुने संविधान निर्माण गर्न नेताहरुलाई आग्रह गरेका छन् । 
सोमवार भएको नेपालका शिर्ष नेताहरुको भेटमा उनले सबैलाई स्वीकार्य हुने संविधान निर्माणका लागि आवश्यक सहयोग गर्ने समेत बताएको श्रोतको भनाई छ । 
नेपालको हित र विकासको एजेण्डा ल्याए सहकार्य गर्न तयार रहेको बताउदै उनले त्यसका लागि भारतमा समेत वातावरण बनेको बताएका छन् ।
मोदीसँगको भेटमा एमाले अध्यक्ष केपी ओलीसँगै उपाध्यक्ष वामदेव गौतम, विद्या भण्डारी र भीम रावल तथा महासचिव इश्वर पोखरेल सहभागी थिए । 
मोदीले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, डा .बाबुराम भट्टराई सहितका शीर्ष नेताहरुसँग पनि भेट गरेका छन् ।
 मोदीको सम्मानमा राष्ट्पति डा रामवरण यादवले आयोजन गरेको दिवाभोजमा सहभाग्री भएपछि उनि नेताहरुको भेटघाटमा व्यस्त रहेका छन ।  भारतीय प्रधानमन्त्रि मोदी आज विहान पशुपतिमा दर्शन गर्न पुगेका थिए ।

0 comments

तपाईंको प्रतिकृया