टेलिकमले थप २२ लाख नयाँ ग्राहक थप्ने
काठमाडौँ । नेपाल टेलिकमले चालु आर्थिक वर्षभित्र कुल २२ लाख ५८ हजार १८३ लाइन थप टेलिफोन वितरण गर्ने योजना अगाडि सारेको छ ।
सो योजनाअनुसार जिएसएम मोबाइल सेवातर्फ मात्रै २० लाख मोबाइल लाइन विस्तार गर्ने लक्ष्य राखिएको छ । सो कामका लागि चिनियाँ कम्पनी हुवावेले काम गरिरहेको छ । सिडिएमतर्फ पनि थप दुई लाख नयाँ ग्राहक थप्ने र साधारण टेलिफोनतर्फ थप २५ हजार ९५६ नयाँ लाइन वितरण गर्ने कम्पनीको योजना रहेको छ । टेलिकमले दिइएको जानकारीअनुसार पछिल्लो दिनमा ग्राहकले डाटा सेवा र गुणस्तरीय मोबाइल सेवाको अपेक्षा गरेकाले सो कार्यलाई पनि व्यावहारिक र वस्तुनिष्ट रूपमा अगाडि बढाउने लक्ष्य कम्पनीले राखेको छ । मुलुकभर तेस्रो पुस्ता ९थ्रिजी० सेवाप्रति ग्राहकको बढता चासो रहेकाले सो सेवालाई बढी गुणस्तरीय र भरपर्दो बनाउनका लागि अधिकतम प्रयन्त गरिने र थप विटिएस टावरहरू थप गर्ने योजना रहेको सो अवसरमा जानकारी गराइयो ।
टेलिकमले नागरिकको बढी जमघट हुने क्षेत्रहरूको पहिचान गरी चालु आर्थिक वर्षभित्र वाइम्याक्स प्रविधिमार्फत ७५ वटै जिल्ला सदरमुकाम तथा प्रमुख व्यापारिक केन्द्रहरूमा सेवा सञ्चालन गर्ने र हाल चालु अवस्थामा रहेका स्थानमा गुणस्तरीयता वृद्धि गर्ने लक्ष्य राखेको छ ।
मोबाइल सेट निर्माता कम्पनीसँग बण्डलिङ गरी मोबाइल सेवाको बिक्री वितरण गर्ने कार्यलाई निरन्तर रूपमा जारी राख्ने जनाइएको छ । हाल टेलिकमले सामसुङ र हुवावे कम्पनीका मोबाइल सेटसँग सो सुविधा उपलब्ध गराएको छ । सहरी क्षेत्रका ग्राहकलाई उच्च क्षमताको डाटा सेवा प्रदान गर्न काठमाडाँै उपत्यका तथा मुलुकका मुख्य सहरमा ‘फाइबर टु होम’ सेवा जडान गर्ने योजनाअनुसार केही समयभित्रै दरबारमार्ग र काठमाडौँ प्लाजामा सो सेवा प्रदान गरिने तयारी गरिएको कम्पनीका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले जानकारी दिए । सो सेवा सञ्चालनमा आएपछि ग्राहकले टेलिफोन सेवा र इन्टरनेट सेवा एकैपल्ट सहज र सरल रूपमा प्रयोग गर्न पाउनेछन् ।

उनका अनुसार हाल साधारण टेलिफोनमा उपलब्ध हुँदै आएको एडिएसएल सेवाको क्षमता विस्तार गरी चालु आबमा थप ३२ हजार २२७ लाइन वितरण गर्ने लक्ष्य राखिएको छ ।
हाल टेलिकमको ग्राहक सङ्ख्या एक करोड नौ लाख चार हजार ४६२ रहेका छन् । त्यसमा गत आवमा मात्रै १७ लाख २८ हजार ४०२ थप भएका हुन् । यस्तै २०७१ असार मसान्तसम्म डाटा सेवा प्रयोग गर्ने ग्राहकको सङ्ख्या ४७ लाख ३५२ रहेका छन्, त्यसमा गत आवमा १४ लाख २२ हजार ६८५ नयाँ ग्राहक बनेका हुन् । कम्पनीले २०७०÷७१ मा रु ३९ अर्ब २६ करोड ८४ लाख राजस्व सङ्कलन गरेको छ भने सो अवधिमा रु ११ अर्ब ६८ करोड ११ लाख मुनाफा गरेको छ ।

0 comments
तपाईंको प्रतिकृया