१६ सभासदले लिए सपथ
काठमाडौं। मन्त्रपरिषद्बाट मनोनित १७ मध्ये १६ जनाले सभासद् पदको सपथ लिएका छन्। राप्रपा नेपालको तर्फबाट मनोनयनमा परेका सभासद् तथा एन्फा अध्यक्ष गणेश थापाले सभासद्को सपथ लिन आएनन । उनी अनुपस्थित भएपछि उनी विदेशमा भएकाले सपथमा नआएको बताइएको छ।
सभामुख सुवासचन्द्र नेम्वाङ्ले उनीहरुलाई सामूहिक रुपमा पद तथा गोपनीयताको सपथ दिलाएका थिए। अपरान्ह चार बजेका लागि निर्धारित सपथ कार्यक्रम एमालेका नरेश खरेल ढिला आउनाले पौने पाँचमा मात्र सुरु भएको थियो।
सभामुख सुवासचन्द्र नेम्वाङ्ले उनीहरुलाई सामूहिक रुपमा पद तथा गोपनीयताको सपथ दिलाएका थिए। अपरान्ह चार बजेका लागि निर्धारित सपथ कार्यक्रम एमालेका नरेश खरेल ढिला आउनाले पौने पाँचमा मात्र सुरु भएको थियो।

0 comments
तपाईंको प्रतिकृया