नेपालद्धारा थाइल्यान्ड १० विकेटले पराजित
काठमाडौं । मलेसियाको क्वालालाम्पुरमा शुरू एसिसी यु–१६ प्रिमियर क्रिकेटमा नेपालले थाइल्यान्डलाई १० विकेटले पराजित गरेको छ ।
थाइल्याण्डले दिएको ४९ रनको लक्ष्य नेपालले विकेट नगुमार्इ ६।१ ओभरमै भेट्टाएको हो । ४९ रनको झिनो लक्ष्य पछ्याउने क्रममा नेपालका लागि सुमित महर्जनले २५ र रबि चन्दले १६ रन बनाए ।

पहिले ब्याटिङमा उत्रेको थाइल्याण्डलार्इ ४८ रनको झिनो स्कोरमा समेट्ने क्रममा नेपाली स्पिनर जितेन्द्र सिंह ठकुरी एक्लैले ६ ओभरमा ३ रनमात्र खर्चेर ५ विकेट लिन सफल भए ।
यसअघि नेपाल दुईपटक उपविजेतामा सीमित भएको थियो । सन् २०१० र २०१२ को एसिसी यु–१६ प्रिमियर लिग क्रिकेट प्रतियोगितामा नेपाल उपविजेता बनेको थियो । यो पटक नेपालका लागिअरिफ शेखबाहेक अन्य सबै खेलाडीले अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेका हुन् ।

सुमित मर्हजनको कप्तानीमा रहेको नेपाली टोलीमा प्रजीत थापा, सुसान्तसिंह थापा, पवन सरफी, रोशन अधिकारी, रिजन ढकाल, विजय चौधरी, आशिष पोखरेल, रवि चन्द, जीतेन्द्रसिंह ठकुरी, रवीकुमार शाह, रवीन्द्र शाही र अनिल खरेल छन् । १३ वर्षीय अनिल सबैभन्दा कान्छा खेलाडी हुन् ।
एसियाली क्रिकेट परिषद्ले टेस्ट नखेल्ने राष्ट्रमध्ये उमेर समूहमा उत्कृष्ट ६ वटा टोलीबीच पहिलो पटक राउन्ड रोबिङका आधारमा प्रतियोगिता गरेको हो । प्रतियोगितामा नेपालसँगै मलेसिया, ओमान, सिङ्गापुर, बहराइन र थाइल्यान्ड भिँड्दैछन् ।

0 comments
तपाईंको प्रतिकृया