‘भारतको प्रस्तावमा बौद्ध सर्किट बनाए घाटा’
लुम्बिनी । भारतले प्रस्ताव गरेको बौद्ध सर्किटमा लुम्बिनीलाई मात्रै जोड्दा नेपाललाई नाफाभन्दा नोक्सान बढी हुने लुम्बिनी विकास कोषले जनाएको छ । कोषले बुद्ध सर्किटमा लुम्बिनीलाई मात्रै समावेश गरे अन्य क्षेत्र ओझेलमा पर्ने भएकाले नेपाललाई नाफाभन्दा बढी नोक्सान हुने उल्लेख गरेको छ ।
कोषका अनुसार लुम्बिनीलाई मात्र छुने गरी बौद्ध सर्किट बनाउने हो भने बुद्धसँग जोडिएका नेपालका अन्य महत्वपूर्र्ण क्षेत्रहरु ओझेलमा पर्न जानेछन् । त्यसकारण अहिले ती क्षेत्रमा आउने पर्यटकलाई पनि नेपालले गुमाउनुपर्ने चिन्ता अधिकारीहरुको छ । हालै भारतबाट भएका उच्चस्तरीय नेपाल भ्रमणका क्रममा भारतले निर्माण गरिरहेको बौद्ध सर्किटमा लुम्बिनीलाई पनि जोड्नुपर्ने कुरा चर्चामा आएको थियो ।
“तिलौराकोट, देवदह र रामग्राम क्षेत्र प्रस्तावित सर्किटमा नराख्ने हो भन्ने भारतसँग जोडिनुको कुनै अर्थ छैन, बरु नेपाली बौद्ध सर्किट बनाएर विदेशी पर्यटकलाई आकर्षित गर्नुपर्छ,” लुम्बिनी विकास कोषका उपाध्यक्ष आचार्य कर्मा स्याङ्बो शेर्पाले भन्नुभयो ।

भारतले बोधगया, सारनाथ र कुशीनगरसँग जोड्ने गरी करिब ७०० किलोमिटर क्षेत्र समेटेर बौद्ध सर्किट बनाउने कामलाई तीव्रता दिएको छ । गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई भारतको बोधगया, सारनाथ र कुशीनगरसँग जोड्ने गरी बौद्ध सर्किट बनाउने काम सुरु भइसकेको छैन । तर केही दिनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणताका र त्यसअघि विदेश मन्त्री सुषमा स्वराज नेपाल आउँदासमेत चर्चामा ल्याइएका विषयहरुमध्येको यो एक मुख्य विषय थियो ।
लुम्बिनीको विकासका लागि प्रस्तावित उक्त बौद्ध सर्किट फलदायी हुनसक्ने विश्वास नेपालको तर्फबाट गरिएको भए पनि लुम्बिनीलाई मात्र जोड्दा यसले उल्टो असर गर्ने लुम्बिनी विकास कोषको आँकलन छ ।
कोषका उपाध्यक्ष शेर्पाका अनुसार प्रस्तावित सर्किटमा बुद्धले युवावस्था बिताएको कपिलवस्तुको तिलौराकोट र बुद्धको अष्टधातु रहेको नवलपरासीको रामग्राम पनि जोड्ने हो भने त्यसले नेपाललाई फाइदा पुग्नेछ ।
उहाँले भन्नुभयो, “तिलौराकोट र रामग्राम क्षेत्र प्रस्तावित सर्किटमा नराख्ने हो भन्ने भारतसँग जोडिनुको कुनै अर्थ छैन, बरु नेपाली बौद्ध सर्किट बनाएर विदेशी पर्यटकलाई आकर्षित गर्नुपर्छ ।”

अहिले भारत हुँदै आउने विदेशी पर्यटक मुस्किलले केही घण्टामात्र लुम्बिनीमा बिताउँछन् । भारतीय पथप्रदर्शकबाट निर्देशित उनीहरु केही घण्टा लुम्बिनी घुमेर बास बस्न भारत नै पुगेका हुन्छन् । पाध्यक्ष शेर्पाका अनुसार यदि बौद्ध सर्किटले रुपन्देहीको लुम्बिनीलाई मात्र जोड्ने हो भने बुद्धसँंग सम्बन्धित कपिलवस्तुको तिलौराकोट र नवलपरासीको रामग्रामलगायतका महत्वपूर्र्ण क्षेत्रहरु सधैँ ओझेलमा पर्ने छन् ।
करिब ५० किलोमिटर क्षेत्रभित्र पर्ने बुद्धसँग जोडिएका क्षेत्रमा पुग्ने सडक अस्तव्यस्त हुनाका साथै यहाँका सडकमा सार्वजनिक सवारीसाधन पनि न्यून मात्रामा चल्ने गरेका छन् । रासस
करिब ५० किलोमिटर क्षेत्रभित्र पर्ने बुद्धसँग जोडिएका क्षेत्रमा पुग्ने सडक अस्तव्यस्त हुनाका साथै यहाँका सडकमा सार्वजनिक सवारीसाधन पनि न्यून मात्रामा चल्ने गरेका छन् । रासस

0 comments
तपाईंको प्रतिकृया