Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
सामाजिक कार्यमा वहुमुखीका बिद्यार्थी

भैरहवा । भैरहवा बहुमुखी क्याम्पस एमबिएस दोस्रो बर्षमा अध्ययनरत बिद्यार्थीहरु सामाजिक कार्यमा अग्रसर भएका छन ।
अध्ययनरत बिद्याथीहरुले यस क्षेत्रमा रहेका अनाथलय, बृद्धाआश्रम हरुमा आफ्नो खाजा खर्च बचाएर सहयोग गरेर उदाहरणिय कार्य गरेका हुन ।  क्यापस हाता भित्र समेत सरसफाई र बृक्ष रोपण कार्य गर्दै आइरहेका यी बिद्यार्थीहरुले शनिवार कोटिहवाको नेपाल अभिनास अनाथ आश्रममा करिव १० हजार बराबरको खाध्यन्न,बिस्कुल ,चामल,कापी,कलम र सिसाकलम सहयोग गरेको आश्रमका प्रबन्धक निर्देशक कृष्ण ज्ञवालीले जानकारी दिए ।
स्थानिय दाताहरुको सहयोगमा सञ्चालनमा रहेको यो आश्रममा रहेका अनाथहरुका लागी आफुले सकेको  सहयोग गरिरहने कार्यक्रममा सहभागी बिद्यार्थी  सृष्टी श्रेष्ठले बताईन । २३ जना अनाथहरु रहेको यस अनाथलयमा १२ जना बाबुहरु र ११ जना नानी हरु रहेका छन् ।
अनाथलयमा रहेका सबै नानीबाबुहरुलाई स्थानिय बिद्यालयले निशुल्क पढाइरहेको अनाथ आश्रमले जनाएको छ । यी बिद्यार्थीहरुले गत हप्ता जिल्ला कै बसन्तपुर गाबिस वडा नम्वर ८ मा रहेका बृद्धाहरुलाई समेत खाद्यान तथा फलफुल बितरण  गरेका थिए ।

0 comments

तपाईंको प्रतिकृया