मर्चवारको वगौलीमा झाडापखालाको प्रकोप
भैरहवा । रुपन्देही जिल्लाको मर्चवार बगौली गाविसमा झाडा पखालको प्रकोप देखिएको छ । वगौली–६, वगौलीमा फैलिएको झाडापखालबाट हालसम्म मृत्यु भइसकेको छ भने झाडापखालाबाट ६० जनाभन्दा बढी बिरामी भएका जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
वगौली गाविस वडा नं ६ बस्ने ३० वर्षीय मीना पालको झाडापखालबाट शनिबार बिहान ६ बजे मृत्यु भएको छ । झाडापखालबाट सिकिस्त भएका अन्य तीनजनालाई थप उपचारका लागि आफन्तहरुले भारततर्फ लगेका छन् । यसै गरि गम्भिर बिरामी २ जनालाई जिल्ला जनस्वास्थ्यको टोलीले उपचार गरिरहेको छ । भारतीय सीमामा पर्ने उक्त गाउँमा विगत तीन दिनदेखि सामान्य झाडापखाला देखिएको भए पनि शुक्रबार बेलुकादेखि भने गाउँमा बढी फैलिएको स्थानीयले बताएका छन् ।

६० जनाभन्दा बढी बिरामीको स्वास्थ्य टोलीले उपचार गरिरहेको छ । जिल्ला जनस्वास्थ्यबाट उक्त क्षेत्रमा स्वास्थ्यकर्मी पुगेर सोही स्थानमा उपचार गरेको निमित्त प्रमुख ओम प्रकाश पन्थीले । टोलीमा विशेषज्ञ डाक्टर, ल्याबसहितको जनशक्ति रहेको छ । सामान्य रहेका बिरामीलाई त्यही उपचार भइरहेको र गम्भिर प्रकृतिका विरामीहरुलार्ई जिल्ला अस्पताल भैरहवामा उपचारका लागि पठाइएको उनले बताए । यसैगरी, रुपन्देहीको बिष्णुपुरा गाविसमा पनि झाडापखाला फैलिएको छ । बिष्णपुरा गाविस वडा नंं ५ मा बिगत ४ दिन देखि देखिएको झाडा पखालाबाट २२ जना प्रभावित भएको निमित्त प्रमुख पन्थीले जानकारी दिए ।

0 comments
तपाईंको प्रतिकृया