Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
बिराटनगरबाट बिपि बिचार यात्रा


बिराटनगर । नेपाली कांग्रेसका नेता बिपि कोइरालाको विचारलाई गाउँगाउँसम्म पु–याउने उदेश्यले आजदेखी विराटनगरबाट विपि विचार यात्रा प्रारम्भ भएको छ । विपिको जन शताब्दी पारेर विराटनगरको आदर्श उच्च माविबाट यात्रा प्रारम्भ भएको हो ।
विचार यात्रा उद्घाटन कार्यक्रमलाइ सम्बोधन गर्दै नेपाली कांग्रेसका वरिष्ठ नेता शेर बहादुर देउवाले, लोकतन्त्रलाई संस्थागत गर्दै निर्धारित समयमा संविधान निर्माण गर्न विपिको विचार यात्राले सहयोग पुग्ने बताए ।
उनले विपिको विचार र सिद्धान्त आजपनि उत्तिकै सान्दर्भिक भएकाले उनको मार्गलाई आत्मसाथ गर्दै दलहरु अघि बढ्नुपर्र्ने बताए ।
नेपाली कांग्रेसका उपसभापती रामचन्द्र पौडेलले मुलुकको राष्ट्रिय एकतालाई अक्षुण राख्दै संविधान निर्माणका लागि जनमत तयार गर्न यात्रा प्रारम्भ गरिएको बताए । उनले दलहरुले राजनितिक मूल्य मान्यतालाई बिर्सदँै गएकाले यो यात्राले सबै दललाई एकतावद्ध बनाउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा बोल्दै कांग्रेस महामन्त्री कृष्ण प्रसाद सिटौलाले राष्ट्रलाई सम्वृद्धि एवं सवल बनाउन विपिको विचारलाई आत्मसाथ गरेर अघि बढ्नुपर्ने बताए ।
वन मन्त्री महेश आर्चायले विपि यात्राले शान्ति र संविधान निर्माणमा सहयोग पुग्ने भएकाले यात्रालाई सबै मिलेर सफल बनाउनुपर्ने बताए । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा। शेखर कोइराला, मोहम्मद आफताव आलम , ज्ञानेन्द्र कार्की तथा डिला संग्रौलाले सम्बोधन गरेका थिए ।
विराटनगरबाट सुरु भएको यात्रा मोरंग सुनसरी, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुंगा, रमेछाप, सिन्धुली काभ्रे, भक्तपुर हुँदै भाद्र २४ गते काठमाडौंको सुन्दरीजलमा पुगेर टुंगिने कार्यक्रम रहेको नेपाली कांग्रेसले जनाएको छ ।

0 comments

तपाईंको प्रतिकृया