उपाध्यक्ष विन्दुलाई महासंघमा स्वागत
बुटवल। नेपाल पत्रकार महासंघ रुपन्देहीले महासंघको उपाध्यक्ष अनिता विन्दुलाई सचिवालयमा स्वागत तथा अन्तरक्रिया गरेको छ ।
महासंघ रुपन्देहीका कार्यवाहक अध्यक्ष यानेन्द्र जिसीले उपाध्यक्ष विन्दुलाई स्वागत गर्दै महासंघ रुपन्देही शाखाको गतिविधीको वारेमा जानकारी गराएका थिए । सो अवसरमा उनले श्रमजिवी पत्रकार ऐन लागु गर्न र न्युनतम पारिश्रमिक निर्धारण समितीले तोकेको पत्रकारको पारिश्रमकि उपलव्ध गराउने विषयमा महासंघले काम गरेको वताउदै मिडिया हाउस र पत्रकारविचको सम्वन्धलाई अझै परिस्कृत गराएर लैजान आवश्यक रहेको बताएकी थिइन ।
उपाध्यक्ष भएपछि पहिलो पटक विहिवार बुटवल आएकी उनले महासंघको कार्यालय भवन तथा लाईव्रेरीको अवलोकन गरेको सचिव रुद्रहरि कुवरले जनाएका छन ।
सो अवसरमा महासंघ रुपन्देहीका पुर्व अध्यक्ष वालकृष्ण चापागाई, पुर्व अध्यक्ष एवं महासंघका सल्लाहकार हरि लम्साल लगायतले पत्रकारितामा मोफसलको राजधानी मानिने वुटवल र समग्र जिल्लाको पत्रकारिता अत्यन्त सभ्य बताउदै पत्रकारिताको विकासमा महासंघको केन्द्रले पनि पहल गर्नु बताएका थिए ।

0 comments
तपाईंको प्रतिकृया