Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
उर्जा, कृषि र पर्यटनमा लगानी गर : पोख्रेल

बुटवल । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गोबिन्द पोखरलले उत्पादनशिल क्षेत्रमा लगानी गर्न निजी क्षेत्रका लगानीकर्ताहरुलाई सुझाव दिएका छन ।
‘लगानीको सबैभन्दा सम्भाव्य क्षेत्र उर्जा हो । त्यस्तै पर्यटन र कृषि पनि लगानीका राम्रा सम्भावना मानिन्छ । ’ उनले भने – कृषिलाई व्यबसायीकरण गरेर कृषिमा गरिने लगानी फलदायी हुन्छ । ’ ।
कृषिमा पनि सुधारका कुरा बजेटमा आएकाले कृषिलाई पनि राम्रो सम्भावनाको रुपमा लगानी गर्न सकिने उनको भनाई छ । पाँच बिकास क्षेत्रमा रहेका ग्रामिण बिकास बैंकहरुको मर्जपछि बनेको नेपाल ग्रामिण बिकास बैंकको एकिकृत कारोवारको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै कृषि क्षेत्रमा सरकारको लक्षित नीति तथा कार्यक्रम पुरा गर्नका लागि पनि ग्रामिण बैंकको भुमिका महत्व पूर्ण हुने बताए ।
उपाध्यक्ष पोखरेलले कृषि मन्त्रालयमा हेर्ने हो भने ठूलो वजेट अनुदानमा जाने बताउँदै सरकारबाट भएको लगानीको यथाचित सदुपयोग नहुँदा कृषि उत्पादन अपेक्षाकृत रुपमा नभएको बताए । सरकारले यसै आर्थिक वर्षमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सन २०२२ सम्ममा मुलुकलाई अल्पविकशित देशको सुचिबाट बिकासशिल देशको सुचिमा उभ्याउने लक्ष्य लिएको छ ।
सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम अनुसार निर्धारित मितिमा बिकाशिल देशको सुचिमा उभ्याउनका लागि ९७ खर्व रुपैंयाँ लगानी गर्नुपर्ने र सो लगानी तथा लगानी गर्ने क्षेत्र निर्धारण गर्न पनि समस्या भएको उनले बताए ।
त्यस्तै नेपालमा उर्जा अभावका कारण उर्जाको आयातमा पनि ठूलो मात्रामा पुजी पलायन भईरहेको बताए । यस कारण पनि उर्जा र कृषिलाई तथा पर्यटनको पनि सम्भावना भएकाले यीनै तीन क्षेत्रलाई प्राथमिकतामा राखेर लगानी गर्न सकिने उनको भनाई थियो ।  नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर गोपालप्रसाद काफ्लेले राष्ट्र बैंकको मौद्रिक नीति अन्तरगत बित्तिय पहँुचमा नभएका जनतालाई लक्षित गरेर २०४९ सालमा ५ बिकास क्षेत्रमा ग्रामिण बिकास बैंक सञ्चालनमा आएको बताउँदै बिस्तार बैंकहरु घाटामा जाँदा त्यसको संभावित असरलाई रोक्नका लागि राष्ट्र बैंकले मर्जर प्रस्ताव गरेको बताए । सोही अनुसार बैंकका सञ्चालकहरु, कर्मचारी र वचत संकलन गर्ने समुहहरु मर्जर प्रस्तावलाई स्वीकार्दै अंगाडी बढेकाले मर्जर गर्न सहज भएको बताए । यसले ग्रामिण बिकास बैंकको संभावित असर गुमेको भएपनि मर्जर पछि पनि चुनौती धेरै हुने भएकाले चुनौतीलाई अवसरका रुपमा लिएर अंगाडी बढ्न आग्रह गरे ।
नेपाल राष्ट्र बैंक बैंक तथा बित्तिय संस्था नियमन विभागका कार्यकारी निर्देशक भास्करमणी ज्ञवालीले गरिवी निवारहणको उद्देश्यले स्थापना गरिएको बैंक आफै गरिव भएको कारण मर्जर प्रकृयाबाट पूर्नः संरचना गरिएको बताउँदै अवका दिनमा गरिवी निवाहरणको क्षेत्रमा महत्व भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
२०६८ को असोज महिनाबाट शुरु भएको मर्जर प्रकृया ३४ महिनामा मर्जर प्रकृया पुरा गरि एकिकृत कारोवार शुरु गरिएको हो । 
 मर्जर पश्चात बैंकको कुल अधिकृत पुंजी १ अर्व, कुल जारी पुँजी ६५ करोड ५० लाख, कुल चुक्ता पुंजी ४० करोड ७० लाख रुपैंया रहेको बैंकका कायर्यकारी प्रमुख धर्मराज पाण्डेले बताए । पाँच बिकास क्षेत्रमा छुट्टा छुट्टै रहेर क्षेत्रगत रुपमा कारोवार गर्दै आएको बैंक मर्जर भएपछि अव यसको सञ्जाल ५२ जिल्लामा पुगेको र अवको ३ वर्षमा ७५ वटै जिल्लामा पुग्ने लक्ष्य लिईएको बैंकका अध्यक्ष मनिकलाल शाक्यले बताए । बैंकको हाल १ सय ८३ कार्यालय, ९ सय १५ जना कर्मचारी तथा कर्जा ३ अर्व ९३ करोड छ भने समुह मार्फत वचत संकलन १ अर्व ३१ करोड रहेको पनि उनले जानकारी दिए ।

0 comments

तपाईंको प्रतिकृया