Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
फेसबुकमा हनिमुनको फोटो राखेको भन्दै श्रीमानले दिए अदालतमा उजुरी

लण्डन– इटालीमा एउटा निकै नै अचम्मको घटना सार्वजनिक भएको छ । घटना हो– श्रीमान–श्रीमती र फेसबुकको । इटालीमा एक महिलाले श्रीमानको सहमती बिना नै फेसबुकमा आफ्नो हनिमुनको फोटो अपलोड गरेका कारण श्रीमानले अदालतमा श्रीमतीविरुद्ध उजुरी दिएका छन् ।
जुसका कारण अदालतले महिलालाई हनिमुनको तस्बिर फेसबुकबाट हटाउन आदेश दिएको छ ।
मिडिया रिपोर्टका अनुसार श्रीमतीले तस्बिर अपलोड गर्नमा श्रीमानसँग सहमती लिएकी थिइनन् । श्रीमानले अदालत सामू हनिमुनका तस्बिरहरु सोसल मिडिया वेभसाइटमा सार्वजनिक गर्नुमा आफ्नो सहमती नलिएकाले उनकी श्रीमतीलाई फेसबुकबाट उक्त तस्बिरहरु हटाउनका लागि आदेश दिन चाहेको कुरा अदालतसामू उनले पेश गरे ।
आफ्नो श्रीमानको गोपनियता भंग गरेको भन्दै अदालतले ती तस्बिरहरु तुरन्त हटाउन आदेश दिएको छ । फेसबुकमा सार्वजनिक गरिएका तस्बिरहरुमध्ये कुनै निकै निजि भएको बताइएको छ ।
उक्त घटनाको लागि महिलाले क्षतीपूर्ति पनि दिन सक्नुपर्ने अदालतले बताएको छ । –एजेन्सी

0 comments

तपाईंको प्रतिकृया