Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
एसोसिएसनको अध्यक्षमा न्यौपाने महाचिवमा गैरे पराजीत

बुटवल । पश्चिमाञ्चल पेटा्ेलियम डिलर एसोसिएसनको अध्यक्षमा  प्रेम न्यौपाने निर्विरोध निर्वाचित भएका छन ।  
छैठोै अधिबेशनवाट २ बर्षे कार्यकालको लागी महासचिव वाहेक अन्य सवै पदाधकिारी तथा सदस्यहरु निर्विरोध निर्वाचित भएका हुन । महासचिव पदका उम्मेदवार हिमाल गैरे पराजित भएका छन ।  निर्वतमान महासचिव समेत रहेका गैरेले सहमतीमा नआउदा नराम्रो पराजय भोग्नु परेको बताईएको छ । 
सबै पदमा सर्वसम्मत वनाउन गैरेलाई केन्द्रमा कुनै पद दिने केन्द्रीय समितीका पदाधिकारीहरुको आश्वासन दिएका थिए । तर पनि उक्त प्रस्ताव अस्वीकार गर्दे उनले चुनावमा जाने ‘आत्मघाती’ निर्णय गरेको एक सदस्यले बताए । 
सनिवार  भएको मतदानमा  हेराराम कसौधन १सय २९ मत ल्याई महासचिवमा  विजयी  भएका छन । गरैले १०७ मत पाएका थिए । यस्तै बिष्णु गौतमले ९१ मत पाएका छन । यस अधि नै वरिष्ठ उपाध्यक्षमा असोक गुरुङ्ग निर्विरोध निर्वाचित भएका थिए । उपाध्यक्ष पदमा ज्ञानराज भट्टराई र  योगेन्द्र गुप्ता , सचिवमा  गोपाल बस्याल सर्वसम्मत निर्वाचित भएका छन ।
 त्यसैगरी कोषाध्यक्षमा एकलाख अहमद , सह –कोषाध्यक्ष निरज नारायण क्षेष्ठ , सह सचिवमा एजाज अहमद निरबिरोध निर्वाचित भएका छन ।  १४ जिल्ला सदस्यहरुमा  अभिसेक भारी , असोक अग्रहरी ,  विशाल गैरे , भुवन डन्डु ,  दिनेस कुमार कसौधन  लगायत निर्वाचित भएका छन ।  यस्तै  जिल्ला तर्फ नलवपरासीबाट गोबिन्द्र  जैसवाल , गुल्मी –अर्धाखाचीवाट वसन्त भुषाल , पाल्पा –स्याङ्गजावाट नारायण श्रेष्ठ  निर्विरोध निर्वाचित भएका छन ।

0 comments

तपाईंको प्रतिकृया