Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
‘महिला मैत्री संविधान नबने अस्वीकार’

बुटवल । एकिकृत नेकपा माओवादीका स्थायी समिती सदस्य चन्द्र प्रकाश खनालले महिला मैत्री संविधान नवने स्वीकार्य नहुने बताएका छन । सबै समुदायको हक अधिकार स्थापित गर्न तथा राजनितीक परिवर्तनलाई संस्थागत विकास गर्न नै नया“ संविधान आवश्यक रहेको बताउदै उनले हक अधिकार स्थापित नहुने संविधान कसैलाई पनि स्वीकार्य नहुने बताए ।
हरेक आन्दोलनमा अग्रपंतिमा रहेका महिलाहरुको हक अधिकार स्थापित नहुने संविधान स्वीकार गर्न नसकिने उनको भनाई छ ।
अखिल नेपाल महिला संघ क्रान्तिकारीले  बुटवलमा गरेको तिजमिलन कार्यक्रममा उनले भने–जसरी पनि महिला अधिकारको सुनिश्चितता अव वन्ने संविधानमा हुनु पर्छ यदी त्यो भएन भने महिलाहरुले स्वीकार गर्ने छैनन ।’
नेता खनालले तिजलाई महिला आन्दोलनकै रुपमा मनाउन आग्रह समेत गरे । चाडपर्वको आफ्नै मौलिकता रहेका बताउदै तिजलाई विकृती रहित मनाउनु पर्ने उनको भनाई छ ।
अनेमसंघ क्रान्तिकारीका अध्यक्ष मञ्जु भुषालको अध्यक्षतामा भएको कार्यक्रममा पोलिटव्युरो सदस्य गिरीधारीलाल न्यौपाने, केन्द्रिय सदस्य माधव शर्मा ,राष्ट्यि परिषद सदस्य रामप्रसाद वन्जाडे लगायत नेताहरुको उपस्थिती रहेको थियो ।

यसै गरी प्रगतिनगर वस्ती विकास तथा प्रवन्ध समितीले तिजको अवसरमा सोमवार नै तिजमिलन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा दर खाने कार्यक्रम सहित नाचगान गरिएको समितीका अध्यक्ष मनोज रानाले जानकारी दिए । कार्यक्रममा सहभागीहरुले तडक भडक नगरीकन तिजपर्व मनायनु पर्नेमा जोड दिएका थिए ।

0 comments

तपाईंको प्रतिकृया