Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
‘समिती वैधानिक रुपमा संचालित छ’

बुटवल  । वुटवल १३ स्थित प्रगतिनगर वस्ति विकास तथा प्रवन्ध समितीले संस्थाकोे लेखापरिक्षण चुस्तदुरुस्त रहेको तथा वैधानिक रुपमा गतिविधी संचालन गरेको जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  संस्थाको वारेमा जानकारी माग गरेको र सवै रिपोर्टहरु सप्रमाण पठाएको जानकारी दिदै उक्त समितीले संस्थाको वैधानिकता माथी शंका नगर्न सवैसंग आग्रह गरेको छ ।
 विहिवार वुटवलमा आयोजित पत्रकार सम्मेलनमा समितीका अध्यक्ष मनोज रानाले संस्थाको गतिविधी तथा आर्थिक हिसाव–किताव पारदर्शी रहेको जानकारी दिए । ‘एक पत्रिकाले लगाएको आरोप जस्तो समितीमा केही भएको छैन व्यक्तिलाई वद्नाम गर्ने नियतले समाचार आएको देखिन्छ ।’ उनले  भने –यो इवि साधेर व्यक्तिलाई वद्नाम गर्ने नियतवाहेक केही होईन ।’
समितीले  प्रगतिनगर वस्तीलाई व्यवस्थित गर्न विभिन्न रचनात्मक कार्य गरेको जानकारी दिदै उनले वस्ती विकासमा सवैको भुमिका सकारात्मक भएको बताए । उनले समितीले वस्तीको विकासको अलवा समाजमा रहेका  अपाङगता भएकाहरु, असाहय , वृद्धवृद्धाहरुलाई  सहयोग पुराउदै आएको बताए ।
समितीले लामो समयदेखी वस्तीमा रहेकाहरुलाई जग्गाधनी प्रमाण पुर्जा उपलव्ध गराउन सुकुम्वासी समस्या समाधान आयोग समक्ष माग समेत गरेको छ । त्यसको लागी पहल समेत गर्ने समितीले जनाएको छ ।  नदी नियन्त्रणको लागी विगतमा समितीले तटवन्धको लागी पहल गरिएको  जनाएको छ । कतिपय घर वस्तीहरु नदी कटानको  जोखिममा रहेकाले ति स्थानमा तटवन्धको प्रवन्ध मिलाउन सम्वन्धीत सरोकारवालाहको ध्यानकर्षण गराएको छ । 

0 comments

तपाईंको प्रतिकृया