सेवा बैंकले २० प्रतिशत लाभांस दिने
बुटवल । सेवा विकास बैंक लिमिटेड, बुटवलको मिति वुधवार सम्पन्न संचालक समितिको बैठकले आफ्ना शेयरधनीहरुलाई आ.व. २०७०।०७१ को नाफावाट २० प्रतिशत लाभांस दिने निर्णय गरेको छ ।
५ करोड १५ लाख २० हजार बोनस शेयर तथा सोको कर प्रयोजनार्थ रु.२७ करोड ११ लाख ५ सय ७८ नगद लाभांस दिने निर्णय गरेको छ ।
संचालक समितिको निर्णय नेपाल राष्ट्र बैंकमा पेश गरि तहांको स्वीकृती पश्चात आगामी आठौं वार्षिक साधारणसभाले अनुमोदन गरिसकेपछि सो निर्णय लागु हुने बैंकका प्रमुख कार्यकारी अधिकृत महेश प्रसाद काफ्लेले जानकारी दिए ।
बैंकले हालसम्म ६५ प्रतिशत भन्दा वढि लाभांस प्रदान गरिसकेको र विगत ४ वर्षदेखी नेपाल स्टक एक्चेञ्जवाट ‘क’ वर्गमा सूचीकृत हुदै आएको र वोनश एव्म हकप्रद शेयर जारी पश्चात बैंकको चुक्ता पूंजी ३६ करोड ६ लाख ४० हजार पुग्ने बैंकका नायव प्रवन्धक विष्णु कुंवरले बताए ।
२०७१ असार मसान्तमा ३ अरब ७ करोड ६८ लाख निक्षेप संकलन गरी २ अरब ४४ करोड ९८ लाख कर्जा लगानी गर्न बैंक सफल रहेको छ । १० वटा कार्यालय तथा ७ वटा एटिएम मार्फत वित्तीय मध्यस्थताको सेवा दिइरहेकोमा बैंकले छिट्टै पाल्पाको तानसेन वजार, चितवनको नारायणगढ वजार तथा कपिलवस्तुको तौलिहवा वजारमा गरी ३ वटा थप शाखा खोल्ने बैंकका नायव महाप्रवन्धक हरि प्रसाद लम्सालले जानकारी दिए ।

0 comments
तपाईंको प्रतिकृया