देवदह वन क्षेत्रमा मौलायो काठ तस्करी
बुटवल । रुपन्देहीको देवदह क्षेत्रमा काठ चोरी तस्करी मौलाएको छ । राजमार्गको उत्तर क्षेत्रमा रहेको सामुदायिक वन तथा राष्ट्रिय वन क्षेत्रबाट काठ चोरी तस्करी गरी विभिन्न काठमिलहरुमा पु¥याउने गरेको रहस्य सार्वजनिक भएको छ ।
देवदह प्रहरी चौकीको गस्ती टोलीले देवदह नगरपालिका–५, केरवानी नजिकबाट काठतस्रीलाई पक्राउ गरेपछि उक्त रहस्य खुलेको हो । १३ वटा साईकलमा लोडगरी चिरान र गोलीया काठ लैजादै गर्दा गस्तीको क्रममा प्रहरीले पक्राउ गरेको हो ।
काठ र साईकल सहीत एक जना काठ तस्करलाई पनि पक्राउ गरेको देवदह प्रहरी चौकीका ईन्चार्ज सूर्यबहादुर क“ुवरले जानकारी दिए । काठसहीत पक्राउ पर्नेमा देवदह नगरपालिका–३, सेमरानाका सुरेश परियार रहेको प्रहरीले जनाएको छ ।
पक्राउ गरिएको करिव ४० क्यूफिट काठ, १३ वटा काठ बोक्न प्रयोग गरिएका साईकल र एक जना काठ तस्करीमा संलग्नलाई प्रक्राउ गरी ईलाका वन कार्यालय शितनलगरलाई हस्तान्तरण गरेको छ । प्रकाउ गरेको काठ, साईकल र काठतस्करीमा संलग्नलाई बुझ्दै कानुनी प्रक्रियाको लागि जिल्ला वन कार्यालय रुपन्देहीमा चलान गर्ने ईलाका वन कार्यालय शितलनगरले जनाएको छ । वन कर्मचारीको निगरानी नपुग्दा देवदह क्षेत्रको जंगलबाट हरिया सालका रुख काटेर चोरी निकासी गर्ने क्रम दिन प्रतिदिन बढिरहेको स्थानीयवासीको भनाई रहेको छ ।
देवदहको बुद्धनगर सामुदायिक वन क्षेत्रबाट गत असार १० गते १ सय २७ क्यूफिट काठ तस्करीमा संलग्नहरुलाई वन कार्यालयले कमजोर किसिमको मुद्दा दायर गरी उन्मुक्ति दिन खोजेको सरोकारवालाहरुको आरोप रहेको छ । वन कार्यालय वन संरक्षणको काममा भन्दा बृक्षरोपण र तालिम गोष्ठीमा बढि लाग्ने गरेको कारण वनपैदावार चोरी निकासीमा बृद्धि भईरहेको सरोकारवालाहरुको भनाई रहेको छ ।

0 comments
तपाईंको प्रतिकृया