ईपीएस फारम वितरण बुधबार देखि
बुटवल । रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत दक्षिण कोरिया जान चाहने कामदारका लागि बुधबार देखि फारम वितरण हुंदैछ ।
ईपीएसको फारम बुटवल,काठमाडौं,पोखरा र डडेल्धुराबाट वितरण हुने छ । फारम आजदेखि साउन ३१ गतेसम्म वितरण हुने नेपाल कोरिया विकास परिषद (अंकुर नेपाल) का अध्यक्ष गम्भीर गुरुङले जानकारी दिए । चार दिनसम्म चार ठाउंबाट फारम वितरण हुने भएकाले पहिलो दिन नै हतार गर्नु नपर्ने अध्यक्ष गुरुङले सुझाव दिए । भाषा परीक्षा असोजको १० र ११ गते काठमाडौंमा हुने छ । विगत वर्षहरुमा कोरियाले कामदारको संख्या तोकेपनि परीक्षा उत्तिर्ण गर्ने सबैलाई लैजान नसकेपछि यसपटक संख्या गोप्य राखेको छ । गत वर्ष नेपालबाट ४७ हजार ९सय २८ जनाले फारम भरेका थिए । बुटवलबाट मात्रै ८ हजार ७ सय ३७ जनाले फारम भरेका थिए । नेपाल कोरिया विकास परिषदले बुटवलमै परीक्षा दिलाउने व्यवस्था गर्न माग गर्दै आएको छ । बुटवलको तामनगरमा कोरिया नेपाल टेक्निकल इन्स्टिच्युट स्थापना भएकाले भाषा परीक्षाको लागि सहज हुने देखिन्छ ।

0 comments
तपाईंको प्रतिकृया